बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल माइक्रो फाइनान्सको शाखा महोत्तरीको रामगोपालपुरमा

बुधबार, ०१ जेठ २०७६, १४ : ५९
बुधबार, ०१ जेठ २०७६

महोत्तरी– राष्ट्रिय स्तरको यस नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ मा नयाँ शाखा बिस्तार गरेको छ ।

नगरपालिकाका मेयर अशोक कुमार मण्डल र प्रमुख कार्यकारी अधिकृत  रामबहादुर यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतीको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराउँदै शाखा कार्यालयको उत्तरोतर प्रगतीको कामना गरे ।

कम्पनीले हालसम्म ५० वटा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप