दर्शक र समीक्षक दुवैका लागि जात्रै जात्रा: अभिनेता विपिन
काठमाडौं– ‘जात्रै जात्रा’ यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिँकिदै गर्दा यसका अभिनेता विपिन कार्कीको पनि व्यस्तता बढेको छ । केही दिनयता आफ्नो दिन मिडिया र मिडियाकर्मीसँग नै बित्ने गरेको विपिनले बताए । ‘फिल्म राम्रो बनेको छ । फिल्म मात्र राम्रो भएर पुग्दैन । प्रचार–प्रसार पनि हुनु जरुरी छ’ विपिनले भने ‘प्रचार प्रसारमा कमी नहोस् भनेर हामी पुरै युनिट लागेका छौ ।’
‘जात्रै जात्रा’को मुख्य अभिनेता नै विपिन हुन् । उनी प्रायः सबै फिल्ममा फरक–फरक भूमिकामा देखिँदै आएका छन् । उनको प्राय फिल्म व्यवसायिक भन्दा पनि प्रयोगवादी हुने गरेका छन् । ‘जात्रै जात्रा’भने पुर्ण कर्मसिलय रहेको विपिनले बताए ।
‘जात्रै जात्रा’ सिक्वेल फिल्म पनि हो । यसले अघिल्लो सिक्वेल ‘जात्रा’को कथालाई पनि निरन्तरता दिएको छ । ‘जात्रा’ले जसरी मलाई सफलता दिलाएको थियो । ‘जात्रै जात्रा’ले पनि दिलाउँछ भन्नेमा म ढुक्क छु’ विपिनले थपे ‘यो फिल्म दर्शक र समीक्षक दुबैका लागि हो ।’
षट्कोण आर्टको व्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया हुन् । फिल्ममा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । प्रदिप भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा विपिनका अलवा दयाहाङ राई, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर