शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगान कारागारमा तनाव, ४ जनाको मृत्यु

बुधबार, ०१ जेठ २०७६, १४ : ०६
बुधबार, ०१ जेठ २०७६

काबुल– अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो । तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए । उक्त घटनाका बारेमा छानबिन शुरु भएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप