बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुरु भयो नेपाल–भारत लगानी एक्स्पो

बुधबार, ०१ जेठ २०७६, १२ : २९
बुधबार, ०१ जेठ २०७६

काठमाडौं–काठमाडौंमा ‘नेपाल–भारत लगानी एक्स्पो’ सुरु भएको छ । 
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाइज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट सो एक्स्पो सुरु गरिएको हो । 

नेपालमा वैदेशिक लगानी भित्रयाउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । 
काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको सो एक्स्पोको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन । 
एक्स्पोको दोस्रो दिन बिहीबार नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप