५५ औँ विद्यार्थी एकता दिवसमा प्रभातफेरी
काठमाडौं । ५५ औँ विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) ले संयुक्त प्रभातफेरी आयोजना गरेका छन् । वि.स.२०२१ जेष्ठ १ गतेलाई विद्यार्थीहरुले विद्यार्थी आन्दोलनको एकता र विजयको उत्सवको दिनको रुपमा मनाउँदै आएका छन् ।
विहान भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियोे। प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएको अनेरास्ववियू (क्रान्तिकारी ) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए ।
भुगोलपार्कमा आयोजित सभामा अनेरास्ववियूका पुर्व अध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली , अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा