शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधारिँदै

आइतबार, २२ साउन २०७४, १४ : २७
आइतबार, २२ साउन २०७४

गुलरिया - राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बबई नहर सुधारिने भएको छ । 
पहिले बनाएको कच्ची नहरलाई पक्की बनाउन थालिएको हो । 

पहिलो चरणमा निर्माण भएको राजकुलोदेखि बाँसगढीसम्म २२ किलोमिटर नहरमध्ये १२ किमी कच्ची नहरलाई पक्की बनाउने काम तीव्ररुपमा भइरहेको बबई सिँचाइ आयोजनाले जनाएको छ । 

रु ७१ करोडको लागतमा पक्की बनाउन लागिएको सो नहर पप्पुमल्ल देव एन्ड सायर जेभी, रसुवा लामा जेभी स्वच्छन्द महादेव, खिन्ती जेभी र विल्डर्स एन्ड बिरुवा जेभीले २०७०।०७१देखि चार वटा प्याकेजमा काम सुरु गरेका थिए । अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । समयमै सिँचाइ सुविधा पु¥याउन नहरको हेड बक्सदेखि मगरागाडीसम्म छुट्टाछुट्टै नहर निर्माण गर्ने संझौता बमोजिम गत वर्ष गजुरमुखी डिबी जेभीमृत सञ्जीवनी गाल्भा जेभी, रसुवा लामा विल्डर र गजुरमुखी जेभीले जिम्मा पाई काम सुरु गरेका हुन् । नहर निर्माण भएपछि ५० प्रतिशत सिँचाइ सुविधा हुने आयोजनाको दाबी छ । 

अमरकन्सट्रक्सले रु आठ करोडको लागतमा गत वर्षदेखि बबई पुलदेखि पश्चिमतिर १५० मिटर लामो साइफन राखी नहर निर्माण गरिरहेको छ । 
सो नहर निर्माणबाट पूर्वमा पदनहा, बानियाभार, मगरागाडी, धधबार महममदपुर, कालिका, मैनापोखर, सोरहवा, जमुनी र बाँँसगढी नगरपालिकाका खेतीयोग्य जमिन सिञ्चित हुनेछ हुनेछ भने पश्चिमतिर नेउलापुर, बगनाहा, ढोढरी, सूर्यपटुवा, ठाकुरद्वारा नगरपालिका लगायत मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा समेत सिंचाइ सुविधा पुग्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप