शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारको ‘भूल भुलैया’ को सिक्वल बनाउँदै भूषण कुमार

बुधबार, ०१ जेठ २०७६, ०९ : ५७
बुधबार, ०१ जेठ २०७६

एजेन्सी – अक्षय कुमार र विद्या बालन अभिनित फिल्म भूल भुलैयाको सिक्वल बन्ने भएको छ । सन् २००७ को सफल उक्त फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।

बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरेको उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्नेछन् । 

भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । यो फिल्म मणिचित्रीथुको रिमेक थियो । फिल्ममा अक्षय कुमार, विद्या बालन, शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो । ऐजेन्सीको रिपोर्टको अनुसार सिक्वल फिल्ममा अभिनय गर्ने कलाकार परिवर्तन हुन सक्नेछन् ।  

भूषण कुमारले फिल्मको नाम भूल भुलैया २ रजिस्टर गरिसकेका छन् । छिट्टै फिल्मको विषयमा आधिकारिक घोषणा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप