मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपले किने १० लाखको स्पोर्ट्स बाइक

मङ्गलबार, ३१ वैशाख २०७६, २२ : ४१
मङ्गलबार, ३१ वैशाख २०७६

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्र्नेे स्पोर्ट्स बाईक किनेका छन् । भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर भर्खर स्वदेश फर्किएका सन्दीपले बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो बाइक किनेका हुन् ।

सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गर्दै आफ्नो परिवारमा नयाँ सदस्य थपिएको उल्लेख गरेका छन् । सन्दीपले आइपीएलमा दिल्ली क्यापटिल्सबाट खेलेका थिए । उनले दिल्लीमा ५५ लाख रुपैयाँ पारिश्रमिक पाएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप