डढेलोले सुदूरपश्चिम प्रदेशका वनमा व्यापक क्षति
टंक कुवँर
धनगढी । सुदूरपश्चिम प्रदेशमा वन डढेलोका कारण वनमा व्यापक क्षति पुगेको छ । प्रदेश अन्तर्गत पर्ने कैलालीको चुरे भावर क्षेत्र तथा तराईको समथर भू–भागमा रहेका अधिकांश वनमा डढेलो लाग्दा वनमा व्यापक क्षति पुगेको हो ।
डढेलोका कारण हालसम्म कैलालीमा ४० प्रतिशत बढी बन क्षेत्रमा क्षति पुगेको सब वन डिभिजन कार्यालय कैलालीले जनाएको छ । डिभिजन बन कार्यालय कैलालीका अनुसार यस वर्ष बसन्ता, भारताल, बाह्रवन तथा चुरे क्षेत्रका बनमा डढेलोका कारण वन क्षेत्र नासिएको छ ।
डिभिजन बन कार्यालय कैलालीका सहायक वन अधिकृत रामऔतार चौधरीका अनुसार ठूला र घना बनजंगलमा डढेलो लागेको छ । केही बनमा फायर ब्रेकर राखिएकोले क्षती हुनबाट जोगिएको छ ।
डढेलोका कारण वन्यजन्तु, पंक्षीमा समेत व्यापक क्षती भएको छ । बन डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट हुनाका साथै बहुमुल्य जडिबुटी जलेर खरानी भएका छन् । डिभिजन वन कार्यालय कैलालीका डिभिजन प्रमुख रामप्रसाद कँडेलले चुरे क्षेत्रमा वन डढेलो नियन्त्रण गर्न कठिनाई भइरहेको बताए ।
अहिले वन डढेलोका कारण चुरे क्षेत्र बढी जोखिममा परेको बताउँदै उनले भने भौगोलिक विकटता तथा सडक अभावका कारण चुरेमा आगलागी नियन्त्रण गर्न कठिनाई भएको छ ।
कैलालीको बाह्रवन साझेदारी वन लगायतका अग्निरेखा निर्माण भएका वनमा वन डढेलोले कम क्षती पुर्याएको छ । बन डढेलोको क्षतीको एकिन मूल्यांकन गर्ने प्रविधि नभए पनि लगातारको वन डढेलोका कारण करौडौं रुपैया मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पंक्षीको क्षती भएको अनुमान वन डिभिजन कार्यालयले गरेको छ ।
वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समितिहरू सक्रिय भए पनि नियन्त्रण कार्य प्रभावकारी बन्न सकेको छैन् जसका कारण विगतका वर्षभन्दा यस वर्ष वनमा बढी डढेलो लागेको अनुमान गरिएको छ । डढेलो नियन्त्रण बाहिर गइसकेकोले वर्षा भएपछि मात्रै बन डढेलो रोक्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ