शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रफी लिएर सडकमा घुमिन् निता अम्बानी

मङ्गलबार, ३१ वैशाख २०७६, १० : २३
मङ्गलबार, ३१ वैशाख २०७६

एजेन्सी – आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । यता, मुम्बई इन्डियन्स टीम भने सोमबार मुम्बई एयरपार्टमा भेटिएका थिए । 

आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले हराएको थियो । मुम्बईले योसमेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् । 

खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि निकै खुशी देखिएकी छिन् । उनले ट्रफीसँग फोटो खिचाएकी थिइन् भने ट्रफी बोकेर हिडेकी थिइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप