केन्द्रीय संस्करण

‘लभ हर्मोन’ बारे ६ रोचक तथ्य

person explore access_timeबैशाख ३१, २०७६ chat_bubble_outline0

अक्सिटोसिन हर्मोन स्तनधारी जीवमा हुन्छ । यो हर्मोनले नै हामीलाई प्रेम वा लगावको महसुस गराउँछ ।

अन्य व्यक्तिसँग मेलमिलापका लागि अक्सिटोसिन हर्मोनले प्रेरित गर्छ । यसले मानिसहरुबीच विश्वासको वातावरण सृजनामा सहयोग गर्ने पनि बताइन्छ ।

अक्सिटोसिनले नै आमा र बच्चाबीचको बलियो सम्बन्धलाई कायम राख्छ । त्यसकारण यसलाई ‘कडल केमिकल’ र ‘लभ हर्मोन’ पनि भनिन्छ ।

अन्य जीवमा पनि अक्सिटोसिनको रोचक असर देख्न पाइन्छ ।

१. कुकुरमा धेरै हुन्छ अक्सिटोसिन हर्मोनः

जब कुकुर कुनै व्यक्तिको नजिक आउँछ उनीहरुको शरीरमा अक्सिटोसिनको अत्यधिक श्राव हुन्छ ।

उनीहरुको नजर कुनै मानिससँग जुध्ने बित्तिकै उनीहरुको शरीरमा अक्सिटोसिन निस्कने गर्छ । यसै कारण कुकुर र मानिसबीचको सम्बन्ध बलियो हुने गर्छ ।

अनुसन्धानमा पत्ता लागे अनुसार कुकुरमा बिरालोको तुलनामा पाँच गुणा बढी अक्सिटोसिन श्राव हुन्छ ।

२. अक्सिटोसिनले बाँदरको तौल बढाउँछ:

मध्य र दक्षिणी अमेरिकामा पाइने मार्मोसेट र टमारिन बाँदरको तौल अक्सिटोसिनका कारण बढ्ने गर्छ ।

जब पोथी गर्भवती हुन्छन् तब भाले बाँदरको तौल उसको सहानुभूतिले बढ्ने गर्छ किनभने भाले आफ्नो साथीसँग नजिक भएको महसुस गर्छ ।

यो अक्सिटोसिनको नै कमाल हो । भाले बाँदरमा अक्सिटोसिनबाहेक ओएस्ट्रोजन र प्रोल्याक्टिन हर्मोनको पनि श्राव हुन्छ । यी हर्मोन स्तनपानसँग सम्बन्धित हुन्छ । बच्चाको आगमनपछि यसले भाले बाँदरलाई थप ममतामयी बनाउँछ । मार्मोसेट प्रजातीको बाँदरको पाखुरा मुनी निप्पल हुन्छ । जब पार्टनर गर्भवती हुन्छन् तब उनीहरुको निप्पल ठूलो हुने गर्छ ।

३. मियरक्याटलाई परोपकारी बनाउँछ अक्सिटोसिनः

मियरक्याटलाई सामाजिक प्राणीको उत्कृष्ट स्थानमा राखिन्छ । उनीहरु ५० जनाको समूहमा बस्छन्, एकअर्कालाई खाल्डो खन्न सहयोग गर्छन् र सामाजिक खतराको सामना गर्छन् । उनीहरु एकअर्काको बच्चाको हेरबिचार गर्छन्, खाना खुवाउने र सिकाउने काम समेत गर्छन् । तर उनीहरुलाई थप सामाजिक बनाउन सकिन्छ । कसरी ? निकै सजिलो छ ।

अफ्रिकामा केही वैज्ञानिकले जब अक्सिटोसिनका केही मात्रा उनीहरुलाई दिए तब उनीहरु  अन्य मियरक्याटबारे थप चिन्तित पाइए ।

उनी अन्य मियरक्याटको हेरबिचारमा ध्यान दिन थाले । उनीहरुको रिस कम भएको पाइयो । बच्चाहरुसँग उनीहरु धेरै समय बिताउन थाले ।

आफ्नो भागको खाना पनि मियरक्याटले बच्चालाई दिने गर्दथे । उनीहरु आफ्नो साटो अरुका लागि खानाको प्रबन्ध मिलाइरहेको पाइए ।

४. किरामाथि पनि हुन्छ अक्सिटोसिनको असरः

ब्रिटेनमा जब एक बिटलमाथि अक्सिटोसिनको असरको प्रयोग गरियो तब अचम्मित गरिदिने नतिजा देखियो । उनीहरु आफ्नो बच्चाको धेरै केयर गर्न थाले ।

जहाँ उनीहरुले खाना लुकाएका थिए उनीहरुले त्यहाँ आफ्ना गर्भवती साथीलाई लिएर गए । बच्चाको जन्मपछि तुरुन्त खाना पाउन सकियोस् भनेर उनीहरुले यसो गरे ।

किराका लार्भालाई भोक लाग्दा उनीहरु आफ्नो आमा–बुवालाई खुट्टाले चलाउँछन् । त्यसपछि आमा–बुवाले उनीहरुलाई खाना दिन्छन् ।

५. मुसाको व्यवहार परीवर्तन हुन्छः

अमेरिकाका चर्चित मैदानी इलाका प्रेयरीमा पाइने मुसा एकनिष्ठ हुन्छन् । उनीहरु एउटा साथीसँग जीवन बिताउँछन् । उनीहरुबाट पैदा हुने बच्चाको ख्याल राख्छन् ।

यस्तै, घाँसे मैदानमा पाइने मुसा थुप्रै पोथीसँग सम्बन्ध राख्छन् । बच्चाको अलिकति पनि हेरविचार गर्दैनन् ।

उनीहरुलाई आफ्नो साथीको अलिकति पनि पर्वाह हुँदैन । वैज्ञानिक यसलाई अक्सिटोसिनको असर बताउँछन् ।

६. मुसालाई सुम्सुम्याउँदा रक्तचाप घट्छः

बन्द कोठामा पालेका मुसालाई खुवाउने बेला सुम्सुम्याउने बेला उनीहरुको रक्तचाप कम हुन्छ किनभने उनीहरु आफ्नो आमा–बुवाको छुवाईबाट टाढा हुन्छन् ।

यसलाई अक्सिटोसिनको असर भनिन्छ जसले रक्तचापलाई कम गर्न सहयोग गर्छ । अर्थात्, एउटा कसिलो अँगालोको असर निकै तगडा हुन्छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...