बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘विकास निर्माणमा राजनीतिभन्दा माथि उठ्नु जरुरी छ’

सोमबार, ३० वैशाख २०७६, १९ : ०३
सोमबार, ३० वैशाख २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका–१४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवं पक्की भवनको आज उद्घाटन गर्दै उनले स्वच्छ एवं शुद्ध पानी पिउन पाउने जनताको नैङ्सर्गिक अधिकार भएको बताए । 

प्रदेश सरकारले दुई वर्षभित्र ‘एक घर एक धारा’ पु¥याउने अभियानलाई बोरिङ सञ्चालनले सहयोग पुगेकाले उनले सरकारले हालसम्म प्रदेशमा छ हजारभन्दा बढी नयाँ धारा जडान गरिसकेको जानकारी गराए । 

भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बोरिङ खानेपानीको शुद्धिकरणका लागि प्रदेश सरकारका तर्पmबाट आवश्यक सहयोग गरिने बताए । 

सरकारको मुख नताकी जनस्तरबाट बोरिङको सञ्चालन गरेर खानेपानीको व्यवस्था गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै उनले यस्ता कार्यले समाजलाई सङ्गठित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

वडाको दुर्गा भगवती र देउराली टोलमा छुट्टाछुट्टै दुई खानेपानी बोरिङ र पक्की भवनसहित रु ३२ लाख ७४ हजार १६६ खर्च भएको बोरिङ उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पोखरेलले जानकारी दिए ।

खानेपानीको हाहाकार भएपछि विसं २०६२ मा स्थानीयको सक्रियतामा रु १७ लाखको लागतमा बोरिङ गरी पानीको सुविधा पु¥याइँदै आएकाले वस्ती विस्तारकासँगै पानीको माग बढेपछि रु १८ लाख आठ हजारमा नयाँ बोरिङ सञ्चालनमा ल्याइएको उनले बताए ।

खानेपानीको पाइप विस्तारका लागि महानगरपालिकाबाट रु २० लाख प्राप्त भएको उक्त दुई बोरिङबाट हालसम्म दुर्गा भगवती, देउराली, नयाँ शिवालय, माथिल्लो शान्ति, तल्लो नयाँ विकास, राधाकृष्ण, खाल्टे, मनकामना, शुभकामना टोलका एक हजार ६७ परिवारलाई खानेपानी सुविधा पुगेको छ । 

कार्यक्रमा बोरिङ सञ्चालनमा उल्लेखनीय सहयोग गरेवापत वडाध्यक्ष प्रेमबहादुर कार्कीलाई दोसल्ला आढाएर सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप