शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्दा जे देखियो (फोटोफिचर)
ललितपुर– शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित सम्मान गरिएको छ । सोमबार सय वर्षमा प्रवेश गरेका शताब्दी पुरुष जोशीलाई ललितपुर महानगरपालिकाको आह्वानमा बग्गीमा राखेर नगरपरिक्रमासहित सम्मान गरिएको हो । नगरपरिक्रमापछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।
नेपालको कला, भाषा, इतिहास, संस्कृति र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै सरकारले उनलाई सम्मानपत्र हस्तारण गरेको हो । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले शताब्दी पुरुष जोशीलाई दोसल्ला समेत ओडाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवहाक प्रधानमन्त्री पोखरेलले उनलाई नेपालको जीवन्त सम्पदाको संज्ञा दिए । उनले त्यसअवसरमा जोशीको दीर्घायू र चिरायूको कामना पनि गरे ।
त्यसअवसरमा जोशीद्धारा लिखित ६ वटा पुस्तकको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान गरे ।
नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका जोशीको सय दिन प्रवेशको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको थियो ।