खोटाङको ऐंसेलुखर्कमा दुई घर जले
सोमबार, ३० वैशाख २०७६, १५ : १९
खोटाङ– आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो ।
आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । आगलागीमा घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएपछि दुई दलित परिवारको विचल्ली भएको छ ।
आगो नरबहादुरको घरदेखि शुरु भए पनि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । अचानक लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागीपीडित दलित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् । उनीहरुलाई छिमेकीले खाना तथा बासको व्यवस्था मिलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा दुई जना मन्त्री थपिँदै
-
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
-
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी
-
नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र
-
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती