१६ लाख भारुसहित ५ जना पक्राउ
सोमबार, ३० वैशाख २०७६, १४ : ४२
काठमाडौं– अवैध भारतीय नोट कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले १६ लाख भारुसहित ठमेलको होटल ब्लु मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको चमती बस्ने शम्भु परियार, दोलखा घर भई सोही ठाउँ बस्ने रामविक्रम खड्का, पोखरा घर भई स्वयम्भू बस्ने सन्तोष परियार, काभ्रे घर भई नयाँबजार बस्ने धनध्वज तामाङ र काभ्रे घर भई स्वयम्भू बस्ने राजेन्द्र घिसिङ रहेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा हिरासतमा राखिएको र थप अनुसन्धान भैरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा