शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१०० वर्ष लागे सत्यमोहन, बग्गीमा राखेर शहर घुमाइयो (फोटोफिचर)

सोमबार, ३० वैशाख २०७६, १३ : ५४
सोमबार, ३० वैशाख २०७६

काठमाडौं–वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भएर १०० लागेका छन् । 

उनको सम्मानमा सोमबार ललितपुर उपमहानगरपालिकाले रथारोहण गरेको छ।  ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै उनलाई बग्गीमा राखेर काठमाडौं महानगरपालिकामा राखेर विशेष सम्मान गरिएको थियो । 

 उनको सम्मानमा आजै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । 

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न एकाले महानगरले सोमबार बिदा दिएको तथा उनका नाममा उद्यान र सडक निर्माण समेत गरिने निर्णय भएको जानकारी दिए । 
 पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि  नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । 

यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठएको शुभकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ ।

सन्देश सोमबार बिहान निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो । राष्ट्रपति भण्डारीले पठाएको सो सन्देशमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उनले पु¥याएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्वारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।

संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार विहान उनकै निवासमा आफन्तजनहरुले उनको सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप