बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चुनाव जिते नेपाली समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा

सोमबार, ३० वैशाख २०७६, १२ : ४२
सोमबार, ३० वैशाख २०७६

सिड्नी । अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ लिबरल पार्टी र विपक्षी लेबरपार्टीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।  

यस्तैमा स्थानीय उम्मेदवारहरु नेपाली समूदायको भोट तानातानमा  लागिपरेका छन् । 

नेपाली समूदायको एक कार्यक्रममा अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले लिबरल पार्टी फेरि विजयी भए नेपाली समुदायको भवन निर्माणमा एक मिलियन डलर  अर्थात करिब ८ करोड नेपाली रुपैयाँ सहयोगर्को घोषणा गरेका छन् । 

एनआरएनको ओसिनिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले आफूसँग सामुदायिक भवन निर्माणका लागि सहयोगको आग्रह गरिएको बताउँदै सातापछि हुने निर्वाचनमा निर्वाचित भए उक्त सहयोग दिने घोषणा गरेका हुन् । 

अस्ट्रेलियामा ६० हजार बढी नेपाली मूलका व्यक्ति रहेको बताइन्छ । नेपाली मूलकाहरूलाई आफ्ना कार्यक्रम आयोजना गर्नका लागि भवन आवश्यक परेको र त्यसका लागि रकम माग गरिएकाले सहयोग प्रदान गर्ने उनले बताएका हुन् । 

 उनले नेपाल र अस्ट्रेलियाबीच सकारात्मक सम्बन्ध रहेको पनि बताए । गत वर्ष मात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको पनि उनले स्मरण गरे । 

ओसिनिया सम्मेलन विभिन्न ९ बुँदे निर्णय गर्दै आइतबार सकिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप