बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जानकीको जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइँदै, राष्ट्रपति जनकपुरमा (फोटोफिचर)

सोमबार, ३० वैशाख २०७६, ११ : ००
सोमबार, ३० वैशाख २०७६

जनकपुर– माता जानकीको जन्मजयन्ती सोमबार प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासपूर्वक मनाइरहेको छ।  
 माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।

    यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यसअवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ । यसअवसरमा विशेषरूपमा जनकपुरधामको नौलखा मन्दिरमा बिहानैदेखि श्रद्धालु पूजापाठ र बधाई गानका लागि उमङ्गीत देखिन्छन् ।
 बिहानै दुग्धमति नदीमा स्नान गरी जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु जीवनलाई कृत्य सम्झन्छन् । सो मन्दिरको गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर रामकथा, जानकी जन्मको विवेचन, बधाई गीत, छठी महोत्सव मनाइने चलन रहेको छ ।

यसैबीच जानकी नवमी महोत्सवमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि भएकी छिन् । सोमबार नै  प्रदेश नं २ सरकारले सार्वजनिक बिदा  दिएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप