शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन खेलाडीलाई संयुक्त गोल्डेन बुट उपाधि

सोमबार, ३० वैशाख २०७६, ०८ : ३६
सोमबार, ३० वैशाख २०७६

एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीलाई प्रदान गरिएको छ । गोल्डेन बुट अवार्ड लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पिर्रे एम्रिक आबुमियाङलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

प्रिमियर लिगको यस सिजन तीनै खेलाडीले समान २२ गोल गोल गरेका थिए । त्यसैले तीनै खेलाडी गोल्डेन बुटको हकदार बने । आबुमियाङ र मानेले आइतबार भएको अन्तिम खेलमा दुई गोल गरेका थिए । अघिल्लो संस्करणमा मोहमद सलाह एक्लैले गोल्डेन बुट अवार्ड जितेका थिए ।

यसैगरी प्रिमियर लिगको गोल्डेन ग्लोभ्स अवार्ड लिभरपुलका गोलरक्षक एलिसन बेकरले हात पारेका छन् । आइतबार भएको लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई उसैको मैदानमा ४–१ गोलले हराउँदै लिग च्याम्पियन बनेको थियो ।

उपाधि दौडमा रहेका सिटी र लिभरपुलले अन्तिम खेल जितेपछि सिटी पहिलो र लिभरपुल दोस्रो भएको हो । लिभरपुलले वल्भ्सलाई २–० गोलले हराएको थियो । सिटीले ३८ खेलबाट ९८ अंक बनायो । लिभरपुलले ९७ अंक बनाउन सफल भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप