शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए अमेरिका निर्वाचन :  बोर्ड अफ डाइरेक्टरमा गुरुङको उम्मेदवारी

आइतबार, २९ वैशाख २०७६, २० : १२
आइतबार, २९ वैशाख २०७६

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी मे १८ र १९ तारिखमा हुन गइरहेको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा छत्र गुरुङले उम्मेदवारी दर्ता गरेकी छन् । 

उम्मेद्वारी दर्ता गरेसँगै गुरुङले काम गर्ने अवसर पाए अमेरिकामा रहेका सबै नेपालीको आफ्नो संस्था बनाउन दृढ योजनासहित अघि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।

आफूले ३० बर्ष सामाजिक संघ, संस्थामा गरेको कामको अनुभवलाई सदुपयोग गर्दै अमेरिकामा रहेका सबै नेपालीमाझ एनआरएनए पुर्याउने अठोट गुरुङले गरेकी छन् । 

‘एनआरएनए अमेरिकालाई सवैको आफ्नै संस्थाको रुपमा स्थापित गर्न धेरै काम गर्नुपर्छ, यस्को लागि बिश्वास गरेर मतदान गरी जिताउनुभयो भने म पूर्ण रुपमा त्यो काममा लाग्नेछु, एकपटक विश्वास गर्नेमाथि कहिल्यै धोका हुनेछैन,’ गुरुङले भनिन् ।

उनले नेपालदेखि अमेरिकासम्म सामाजिक क्षेत्रमा काम गरेको थुप्रै अनुभव संगालेकी छन् । 

नेपालदेखि अमेरिकासम्म महिला अधिकारकर्मी र कानून ब्यवसायीका रुपमा स्थापित भएकी गुरुङले सवै मित्रहरुको दवावपछि एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएकी हुन् । 

नेपालमा मानव अधिकार तथा कानुनी क्षेत्रमा लामो समय काम गरिसकेकी गुरुङले गैरआवासीय संघ एनआरएनलाई सवल, सक्षम र समावेशी बनाएर लैजानको लागि आफुले उम्मेद्वारी दिएको बताइन् ।

गुरुङ विगत ११ बर्षदेखि अमेरिकाको न्यू हृयाम्सायरमा बस्दै आएकी छन् । नेपालमा लामो समय कानुन व्यवसायमा संलग्न गुरुङ अन्तरिम संविधान २०६३ का मस्यौदाकार समेत हुन् । 

गुरुङले न्यूहृयाम्सायर नेपाली कम्युनिटी, आइएनएलएस न्यूहृयाम्सायर च्याप्टर, एभरेष्ट लायन्स क्लब न्युहृयाम्प्सायर च्याप्टर, गुरुङ समाजलगायत विभिन्न सामुदायिक संस्थाको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप