बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘तिमीलाई देखेपछि आइ लभ यू’को करोड दर्शक, गरियो सेलिब्रेसन

आइतबार, २२ साउन २०७४, १२ : ३४
आइतबार, २२ साउन २०७४

काठमाडौं – नेपाली गीत संगीतका दर्शक श्रोता अचेल धेरै पाइएका छन् । युट्युवमा गीत संगीतले पाएको करोडौ दर्शकले पनि यो पुस्टी गर्दछ । चलचित्रका गीत संगीतले युट्युवमा एक करोड दर्शक पाउनु सामान्य जस्तै हो । तर आधुनिक गीत संगीतले भने यति धेरै दर्शक पाउँनु सामान्य मान्न मिल्दैन । 


यस्तै असामान्य दर्शक पाएको छ ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतले ।   सरोज ओलीको स्वर रहेको यो गीतले युट्युवमा एक करोड दर्शक पाएको छ । गीतले धेरै दर्शक पाएको खुसीमा गायक सरोजले केक काटेर सेलिव्रेशन समेत गरेका छन् ।


आइतबार बिहान अनामनगरमा एक कार्यक्रममा गर्दै सरोजले खुसी साटेका हुन् । कार्यक्रममा गीतका मोडल पल शाह, संगीतकार बसन्त सापकोटा, गीतकार दिनेश थपलिया लगायतको उपस्थिती रहेको थियो । 


गीतमा सरोजको अलवा इन्दिरा जोशीको आवाज रहेको छ भने शब्द दिनेश थपलियाको रहेको छ । ७ महिना अगाडि सार्वजनिक गीतले अहिले १ करोड बढि दर्शक पाएको छ ।


कार्यक्रममा गीतकार थपलियाले विभिन्न ७ तत्वका कारण यो गीत करोड भन्दा बढी पटक हेरिएको बताए । उनले रोमान्टिक गीत भएकोले पनि दर्शकलाई मनपरेको बताए । 


भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, पल शाह लगायतले मोडलिङ गरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप