‘तिमीलाई देखेपछि आइ लभ यू’को करोड दर्शक, गरियो सेलिब्रेसन
काठमाडौं – नेपाली गीत संगीतका दर्शक श्रोता अचेल धेरै पाइएका छन् । युट्युवमा गीत संगीतले पाएको करोडौ दर्शकले पनि यो पुस्टी गर्दछ । चलचित्रका गीत संगीतले युट्युवमा एक करोड दर्शक पाउनु सामान्य जस्तै हो । तर आधुनिक गीत संगीतले भने यति धेरै दर्शक पाउँनु सामान्य मान्न मिल्दैन ।
यस्तै असामान्य दर्शक पाएको छ ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतले । सरोज ओलीको स्वर रहेको यो गीतले युट्युवमा एक करोड दर्शक पाएको छ । गीतले धेरै दर्शक पाएको खुसीमा गायक सरोजले केक काटेर सेलिव्रेशन समेत गरेका छन् ।
आइतबार बिहान अनामनगरमा एक कार्यक्रममा गर्दै सरोजले खुसी साटेका हुन् । कार्यक्रममा गीतका मोडल पल शाह, संगीतकार बसन्त सापकोटा, गीतकार दिनेश थपलिया लगायतको उपस्थिती रहेको थियो ।
गीतमा सरोजको अलवा इन्दिरा जोशीको आवाज रहेको छ भने शब्द दिनेश थपलियाको रहेको छ । ७ महिना अगाडि सार्वजनिक गीतले अहिले १ करोड बढि दर्शक पाएको छ ।
कार्यक्रममा गीतकार थपलियाले विभिन्न ७ तत्वका कारण यो गीत करोड भन्दा बढी पटक हेरिएको बताए । उनले रोमान्टिक गीत भएकोले पनि दर्शकलाई मनपरेको बताए ।
भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, पल शाह लगायतले मोडलिङ गरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर