शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा उपत्यकाबाट १४ जना पक्राउ

आइतबार, २९ वैशाख २०७६, १६ : ५९
आइतबार, २९ वैशाख २०७६

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महनगरपालिका–१ मैत्रीनगरबाट ५ जना र का.म.पा.–९ सिनामंगलबाट ९ जना पक्राउ परेका हुन् । 

मैत्रीनगर डेरा गरी बस्ने पर्सा, वीरगंज घर भएका ३० वर्षीय श्याम कुमार विकको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका–१५ का ४१ वर्षीय नवराज विश्वकर्मासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट ३ बुक तास र नगद ११ हजार ६० रुपैयाँ प्रहरीले बरामद गरेको छ । 

यसैगरी सिनामंगलस्थित लोक बहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा–७ बस्ने ५७ वर्षीय शिव थापा समेत ९ जनालाई ७ बुक तास र नगद १ लाख १ हजार ३ सय ५० रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशाला र बानेश्‍वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । 

पक्राउ परेका १४ जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप