हत्या गरेको ९ वर्षपछि मोक्तान पक्राउ
आइतबार, २९ वैशाख २०७६, ११ : ३९
प्रहरीले हत्या गरी फरार रहेका एक व्यक्तिलाई ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने वर्ष ३८ को इन्द्रबहादुर मोक्तान रहेका छन् ।
२०६७ असार १ गते काभ्रे गोकुलेका दीर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मोक्तानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
आर्थिक लेनदेनको कारण गोलेको हत्या गरी फरार रहेका मोक्तानलाई वैशाख २७ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सुदीप गिरिले जानकारी दिए ।
पक्राउ परेका मोक्तानलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेल पठाइएको एसपी गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा