शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सात महिनाको छोरालाई पसलको काउन्टरमा राखेर बुवाले भने, ‘यसको धेरै प्रयोग भएको छैन, धितो राखेबापत् कति पाउँछु ?’

आइतबार, २९ वैशाख २०७६, ०९ : ३८
आइतबार, २९ वैशाख २०७६

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिलाई पसलेसँग गरेको ठट्टाले समस्यामा पारेको छ । ब्रायन स्लोकम गत हप्ता आफ्ना सात महिनाका छोरालाई लिएर एउटा पन शप (यस्तो पसल जहाँ सामान बेच्ने वा धितो राख्ने गरिन्छ) पुगे । त्यहाँ उनले बच्चालाई ट्रलीबाट निकालेर काउन्टरमा राख्छन् र पसलेलाई छोरा राखिदिन अफर गर्छन् । ब्रायनले यो काम ठट्यौली पारामा गरेका थिए तर पसलले यसबारे पुलिसलाई जानकारी दिए । तत्पश्चात् पुलिसले रिचर्डलाई पक्राउ गर्‍यो ।

यो घटनाको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यसमा रिचर्ड आफ्ना छोरालाई काउन्टरमा राखिरहेको देख्न सकिन्छ । उनले पसलका मालिक रिचर्ड जोर्डनलाई भन्छन्, ‘मेरो छोरा सात महिनाको भयो । यसको धेरै प्रयोग पनि भएको छैन । म यसलाई धितो राख्न चाहन्छु किनभने मलाई यसबाट छुटकारा चाहिएको छ । यसबापत् मैले कति पाउँछु ?’

‘छोरालाई धितो राख्ने कुरा गर्दा निकै गम्भीर थिए पिता’

रिचर्डले ब्रायनको यो मजाक बुझेनन् र उनले पुलिसलाई यसबारे जानकारी दिए । रिचर्डले एक स्थानीय समाचार च्यानललाई ब्रायन आफ्ना छोरालाई धितो राख्ने कुरामा निकै गम्भीर भएको बताए । उनले भने, ‘उनले आफ्नो छोरालाई केही बेर उफारेर खेलाए र काउन्टरमा राखेर सोधे, ‘के म यसलाई धितो राख्न सक्छु ?’’

पुलिसले सिसिटीभी फुटेज जारी गर्‍योः

पसलेबाट पाएको जानकारी पछि पुलिसले ब्रायनको खोजीका लागि सिसिटिभीको विज्ञापनसमेत जारी गर्यो । यद्यपी, जब ब्रायनले आफूलाई पुलिसले खोजिरहेको थाहा पाए तब उनी आफैंले पुलिसलाई सम्पर्क गरे । त्यसपछि पुलिसकाए एउटा समूह उनको घर पुग्यो र उनलाई हिरासतमा लिए ।

आपराधिक मामला दर्ता गरिएनः

सोधपुछको क्रममा ब्रायनले ठट्टाको रुपमा यस्तो भनेको स्पष्टिकरण दिए । उनी यसलाई सोसल मिडियामा सेयर मात्र गर्न चाहेको बताए । पुलिसले ब्रायनमाथि कुनै मुद्दा दर्ता गरेन्  । यद्यपी, अमेरिकाको सोसल सर्भिसलाई बच्चामाथि निगरानी राख्न निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप