खेल क्षेत्रको बजेट सदुपयोग हुनुपर्छ : मन्त्री गुरुङ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेल क्षेत्रको विकासका लागि राज्यले विनियोजन गरेको बजेट सही सदुपयोग हुनुपर्ने बताएका छन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालको १०औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले खेलकूदमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने भए पनि त्यसको सही सदुपयोग हुन नसकेको गुनासो गरे ।
खेलकूदको बजेटको आकार हेर्ने हो भने त्यो अन्य विकसित मुलुककोभन्दा कम नरहेकोतर्फ इङ्गित गर्दै मन्त्री गुरुङले भने, ‘विकसित मुलुकको तुलनामा नेपाल सरकारले खेलकूदका लागि विनियोजन गरेको रकम कम छैन ।’
प्रदेश सरकारले खेलकूद विकासका लागि स्पोर्टस् एकेडेमीको संरचनासहित अगाडि बढ्ने तयारी गरिरहेको बताउँदै उनले एकेडेमीमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न गइरहेका छौँ र त्यसका लागि उपयुक्त ठाउँको खोजी भइरहेको जानकारी दिए ।
गत चैतमा सम्पन्न युथ एशियन प्रतियोगिताको तीन हजार मिटर दौडमा नेपालका लागि स्वर्ण पदक विजेता अजितकुमार यादवलाई मञ्च एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीकोतर्पm रु १०÷१० हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षा र खेलकूद क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै मञ्चले शिक्षाविद् जोर्जजोन एवं स्व अजितकुमार शेरचनलाई मरोणोपरान्त सम्मान गरियो ।
पोखरा म्याराथनका लागि हङ्कङवासी नेपालीबाट सङ्कलित रकमको बैंकबाट आउने ब्याजबाट प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पदक विजेता खेलाडीलाई सम्मान गरिने मञ्चले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकूद सफल पार्न सबै क्षेत्रको सहयोग आवश्यकता औँल्याए ।
भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सम्माननित व्यक्तित्व जोर्ज जोन, मञ्चका सल्लाहकार अशोक पालिखे, संस्थापक अध्यक्ष खड्ग रानाभाट, उपाध्यक्ष दिलबहादुर गुरुङ, सचिव कृष्ण तिमिल्सिनालगायतले खेलकूदको विकासका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान