शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८ वर्षीया बालिकालाई बलात्कार गर्ने खड्का प्रहरी फन्दामा

शनिबार, २८ वैशाख २०७६, १८ : १३
शनिबार, २८ वैशाख २०७६

प्रहरीले पथरी शनिश्चरे नगरपालिका–५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभभियोगमा एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय देविन्द्र खड्का रहेका छन् । खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । 
 
सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप