स्वपनीलको नयाँ गीत सार्वजनिक
शनिबार, २८ वैशाख २०७६, १६ : ३३
काठमाडौं– संगीतकार, गायक र रचनाकार स्वपनील शर्माले आफ्नो नयाँ गीत रिलिज गरेका छन् ।
यो गीतले वीर गोर्खाली मुटु र नेपालीको जीवन्त भावनालाई सम्मान गर्ने उनले बताए ।
गीतमा प्रयोग गरिएको परम्परागत बाजाहरुले यो गीतलाई बेग्लै मौलिकता प्रदान गरेको उनले बताए ।
यस गीतको रचनामा देश प्रतिको माया, विविधता र यहाँको मानिसको स्पष्ट झल्को पाइन्छ ।