बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

८ जना श्रष्टा सम्मानित

शनिबार, २८ वैशाख २०७६, १६ : २६
शनिबार, २८ वैशाख २०७६

काठमाडौं–लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठजना स्रष्टाहरू सम्मानित भएका छन् । 

जसअनुसार गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह सम्मानित भएकी छिन् । 

यस्तै  इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट अग्रज साहित्यिक अनुसन्धाता मोदनाथ प्रश्रित, सरस्वती गद्य सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, नारायणगोपाल सङ्गीत सम्मानबाट लोक–आधुनिक सङ्गीतकासाधक गणेश रसिक र  अरनिको ललितकला सम्मानबाट नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक किरण मानन्धर सम्मानित भएका छन् । 

यसैगरी बालकृष्ण सम रङ्ग सम्मानबाट रङ्गमञ्च क्षेत्रकी विशिष्ठ साधक भुवन थापा चन्द, नेपाल नवप्रतिभा सम्मानबाट फरक क्षमता भएकीसृष्टि केसी र गोपालप्रसाद रिमाल काव्यसम्मानबाट वरिष्ठ कवि दिनेश अधिकारीलाई सम्मानित गरिएको छ ।

सम्मानित स्रस्टाहरूलाई वरिष्ठ संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए ।  गङगादेवी चौधरी स्मृतिसम्मानमा नगद  एक लाख एक रुपियाँ र अन्य सबै सम्मानमा नगद एकाउन्न हजार एक रुपियाँ रहेको छ ।

सो अवसरमा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले भने– ‘विगत २५ वर्षमा राष्ट्र–निर्माणमा यस संस्थाले जुन योगदान पु¥याएको छ, त्यो अत्यन्त महत्वपूर्ण र अनुकरणीय पनि छ । यसका गतिविधिहरूले भावी पुस्तालाई समेत प्रेरणा दिएको छ ।’ 

समारोहका सभापति एवम् संस्थाका अध्यक्ष बसन्त चौधरीले स्वागत मन्तव्य प्रकट गर्ने क्रममा भने– ‘सिर्जनाका अनेक रूप, अनेक विधा हुन्छन् । तर, त्यसको मूलमा भने एउटै तत्वले वास गरेको हुन्छ— भाव र त्यसको उद्दीपन । कुनै पनि अभिव्यक्तिअघि यही प्रक्रिया चल्दछ । त्यसपछि अभिव्यक्ति आउँदछ, कहिले त्यो सशक्त बादलको उर्लाइका साथ, कहिले विरही यक्षको सन्देश वाहक बनेर, कहिले शीतलता र हरियालीको वर्षा गर्ने आकाङ्क्षाको दिव्य स्वरूप बनेर । किनकिन म बादल र अभिव्यक्तिको प्रकृतिमा धेरै समानता देख्दछु । त्यसकारण कामना गर्दछु, त्यो बादलले हामीलाई पनि सिञ्चित गरोस्, झन् अभिव्यक्त हुने शक्ति देओस् र हाम्रो अढाई दशकको यात्रालाई आगामी दिनहरूमा समेत यात्रा गर्ने ऊर्जा प्रदान गरोस् ।’ उहाँले अढाई दशकअघि गरेका वाचा पूरा गर्ने प्रण गदै भन्नुभयो– ‘विगतमा हामीले केही काम थाल्ने अठोट गरेका थियौं । तीमध्ये केही काम राम्ररी सम्पन्न भए, केही सुरूवात नै हुन सकेनन् । अबको हाम्रो यात्रा तिनै पूरा हुन पर्खिरहेका बाचाहरूबाहेक केही नयाँ कामको थालनी गर्ने अठोटप्रति समर्पित रहने छन् भन्ने विश्वास दिलाउन चाहन्छु ।’

सम्मानित स्रस्टाहरूको तर्फबाट बोल्दै कवि दिनेश अधिकारीले कवि एवम् परिवर्तनका संवाहक गोपालप्रसाद रिमालको विशिष्ठ योगदानको सम्मान गर्दै पहिलोपटक उनको नाममा काव्यसम्मानको स्थापना गरेर साहित्यकला मन्दिरले साहित्यजगत्लाई नै तिरिनसक्नु गुन लगाएको बताए । 

उनले भने, ‘उनको नाममा स्थापित यो काव्यसम्मान पहिलो वर्षमै ग्रहण गर्ने मलाई अवसर प्राप्त भएकोमा यसलाई मैले मेरो कविपुस्ताले पाएको एउटा महत्वपुर्ण सामाजिक स्वीकति हो भन्ने ठानको छु । एउटा माध्यम हुने अवस र पाएको छु ।’

उक्त रजतवर्ष समारोहको अन्त्यमा साहित्यकला मन्दिरका उपाध्यक्ष तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति अभिनेता हरिहर शर्माले स्वागत मन्तब्य राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप