बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय लोकसभा निर्वाचनः सीमा क्षेत्रमा उच्च सतर्कता

शनिबार, २८ वैशाख २०७६, १३ : ३७
शनिबार, २८ वैशाख २०७६

नवलपरासी–भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ । 

    नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो । पश्चिम नवलपरासीका सिमाना ठुठीबारी,  गुठीप्रसौनी, विष्णपुरा र भुजहवा तथा पूर्वी नवलपरासीको त्रिवेणी नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 
    विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । भारतको विहार प्रदेशमा मे १२ अर्थात यही वैशाख २९ गते र  भारतको उत्तर प्रदेशमा मे १९ अर्थात् जेठ ५ गते निर्वाचन हुँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप