नेइमारलाई फेरि अर्को कारबाही
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई फ्रान्स फुटबल संघले फेरि तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि एक समर्थकलाई मुक्का हानेका कारण संघले नेइमारलाई कारबाही गरेको हो । नेइमार एक साताको बीचमा दोस्रो पटक कारबाहीमा परेका हुन् ।
यसअघि पनि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णय प्रति आपत्तिजनक प्रतिक्रिया दिएका कारण नेइमारलाई युरोपियन फुटबल महासंघ (युईएफए) ले तीन खेल प्रतिबन्धको कारबाही गरेको थियो ।
पीएसजी फ्रेन्च कपको फाइनलमा रेनेससँग सडनडेथमा ६–५ गोलले पराजित भएको थियो । त्यसपछि रिसले चुर बनेका नेइमारले दोस्रो पुरस्कार थाप्न मञ्चमा जाने क्रममा समर्थकलाई मुक्का हानेका थिए । पीएसजीका खेलाडीसँग फोनमा फोटो खिचिरहेका एक समर्थकको फोन खोसेर मुक्का हानेपछि नेइमारलाई अन्य खेलाडीले तत्काल सम्हालेका थिए । उक्त घटनापछि नेइमार धेरै आलोचित बनेका थिए । नेइमारले अब फ्रेन्च लिगका बाँकी तीनवटै खेल गुमाउनेछन् ।
पीएसजी च्याम्पियन्स लिगमा युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो । रेफ्रीले युनाइटेडलाई भिएआरको सहायतामा पेनाल्टी दिएका थिए । सोही पेनाल्टीका कारण पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । फुटबल नबुझेको रेफ्रीले अनावश्यक पेनाल्टी दिने निर्णय गरेको भन्दै नेइमार रेफ्रीविरुद्ध सामाजिक सञ्जालमा खनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत