शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेलिब्रेटी बिरालो’ जसले भरतपुर महानगरको मतपेटिकालाई मुसाबाट जोगायो (फोटो/भिडियो)

आइतबार, २२ साउन २०७४, ११ : ००
आइतबार, २२ साउन २०७४

काठमाडौँ – बिरालो पनि सेलीबे्रटी हुन्छ भन्दा तपाईलाई अनौठो लाग्ला । चितवनको भरतपुर महानगरपालिकामा एउटा बिरालो सेलिबे्रटी जस्तै बनेको छ । जिल्ला समन्वय समितिको क्यान्टिन र त्यस अगाडिको रेष्टुरेन्टमा खानेकुराको खोजीमा ओहोर दोहोर गर्ने बिरालो देख्नेबित्तिकै मान्छेहरु मोबाइल फोनबाट फोटो खिच्ने गर्छन् । 
एकजना स्थानीय पत्रकारले भने–यही हो यहाँको मतपेटिका सुरक्षा गर्ने बिरालो । 


अर्का स्थानीयले ठट्टा गर्दैै भने – त्यति धेरै मतपेटिकामा मुसा लाग्न जोगायो यसले, महानगरपालिकाले यो बिरालोलाई अब जागिर दिएर राख्नुपर्छ । 


गत बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिको मतगणनाका क्रममा विवाद भएको थियो । सो क्रममा वडा नं. १९ को मतगणनाको अन्तिम समयमा आएर दलका प्रतिनिधीहरुले मतपत्र च्यातेका थिए । त्यसपछि मतगणना कार्य स्थगित भएको थियो भने तिन महिना जिल्ला खेलकुद कार्यालयको कवर्ड हलमा मतपेटिका र मतपत्र राखिएको थियो । 


मुसाबाट मतपत्र सुरक्षाका लागि सोही स्थानमा रहेका २ बिरालो परिचालन गरिएको थियो । जसमध्ये तस्विरमा रहेको बिरालो पनि एक भएको स्थानीयले जानकारी दिए । ३ महिनासम्म मतपत्र सुरक्षा गर्ने बिरोलोको रुपमा भरतपुरको यो बिरालो चर्चित रहेको छ । 

हेर्नुस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप