केन्द्रीय संस्करण

बालक अपहरण गरेको आरोपमा ४ जना पक्राउ

person explore access_timeबैशाख २७, २०७६ chat_bubble_outline0

सप्तरी-राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चारलाई पक्राउ गरेको छ ।

मामाको बिहेमा जन्ती गएका बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद भनिने जोगवीर यादव र तिरहुत गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले रामअवतारलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा अन्य तीन पक्राउ परेका हुन् । रामअवतारलगायतकाले बालकको अपहरण गरेको भन्दै बालकका बुबा जागेश्वर यादवले यही वैशाख १८ गते दिएको किटानी उजुरी दर्ता गरी रामअवतारलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनकै वयानका आधारमा अपहरणमा संलग्न सत्येन्द्र, जोगवीर र वीरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको राजगढ गाउँपालिका–३ नर्घोकी मनिषाकुमारी यादवसँग यही वैशाख १३ गते भइरहेको विवाहमा जन्ती आएका बेला अपहरणमा परेका बालकलाई प्रहरीले भारत विहारको सीतामढी कुम्भ सिवहरबाट १० दिन अघि सकुशल उद्धार गरेको थियो 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.