शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कफी पर्यटनको ठुलो सम्भावना

शुक्रबार, २७ वैशाख २०७६, १६ : ३४
शुक्रबार, २७ वैशाख २०७६

काठमाडौं– अनुसन्धानकर्ताहरुले नेपालमा कफी पर्यटनको पनि ठूलो सम्भावना रहेको औंल्याएका छन् । कफीसँग सम्बन्धित ‘हाम्रो कफी’ नामक प्रोजेक्टले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता विद्यानाथ भुर्तेलले नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको पाइएको बताएका हुन् ।

उनले नुवाकोट र कास्कीको विभिन्न स्थानमा गरिएको कफी खेतीको स्थलगत अवलोकनबाट नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको निष्कर्ष निकालिएको पनि स्पष्ट पारे । ‘हाम्रो कफी’ नामक प्रोजेक्टले नेपालको आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नुवाकोट र कास्कीमा रहेका कफी खेतीहरुको अवलोकन गराएपछि उनीहरुले नेपालमा कफी पर्यटनको धेरै सम्भावना रहेकोे बताएका थिए । अनुसन्धानको क्रममा नेपालले कफी खेतीको प्रवद्र्धन गरेर ठूलो आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको पनि पाइएको अनुसन्धानकर्ता भुर्तेलले बताए । 

अनुसन्धानकर्ताहरुका अनुसार नेपालको कफीलाई विश्वकै ताजा र गुणस्तरीय कफीको रुपमा लिइन्छ । यसलाई पर्यटन प्रवद्र्धनमा पनि परिचालन गर्न सकिने सो प्रोजेक्टको बुझाई छ । कफी किसान, बाह्य पर्यटक र आन्तरिक पर्यटकहरुले नेपालमा कफी खेती विस्तार गर्न पनि यसलाई पर्यटनसँग जोडेर अघि बढन उपयुक्त हुने सुझाव दिएको पनि अनुसन्धानकर्ताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप