शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुककै एक संस्थापक भन्छन्, ‘जुकरवर्गले सबै खालको मर्यादालाई तिलाञ्जली दिए, फेसबुक टुक्राउन माग’

शुक्रबार, २७ वैशाख २०७६, १५ : ०३
शुक्रबार, २७ वैशाख २०७६

एजेन्सी । मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नुपर्ने आह्वान गरेका छन् ।

बिहिबार ‘न्यु योर्क टाइम्स’ मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल ‘निजी वा सरकारी निकायमा काम गर्ने कुनै पनि व्यक्तिभन्दा बढी प्रभाव भएको’ बताएका छन् ।

जुकरवर्गको ‘असाधरण शक्ति’ ले हानी पु¥याउन सक्ने भन्दै उनले ‘नियामकले फेसबुकलाई टुक्राउने समय आएको छ’ लेखेका छन् ।

‘जुकरवर्ग असल र दयालु मानिस हुन् । तर उनले कम्पनीको विस्तारमा मात्र ध्यान दिँदा सुरक्षालाई बलिदान गरे र क्लिक बढाउने धुनमा सबै खालको मयार्दालाई तिलाञ्जली दिइएका छन्,’ ह्युगले लेखेका छन् ।

‘न्युज फिडको अल्गोरिदमले हाम्रो संस्कृतिलाई जसरी बदल्यो, निर्वाचनलाई जुन हदमा प्रभाव पार्यो र राष्ट्रवादी नेतालाई जसरी शक्ति प्रदान गर्यो त्यसको सम्भावनाबारे हामीले सुरुवाती दिनमै प्रयाप्त सोच विचार नगरेकोमा म आफैप्रति असन्तुष्ट छु,’ उनले भने ।

‘आजको दिनमा मार्कका नजिक रहेकाहरुले उनको गलत विश्वसप्रति प्रश्न गर्नेभन्दा पनि प्रशंसा गर्ने खालको देखिन्छ ।’

पछिल्लो समय फेसबुक र अन्य अनलाइन मञ्चमाथि कडा खालको नियन्त्रणको माग गर्ने क्रम बढेको छ ।

फेसबुकका व्यक्तिगत तथ्याङ्क अनुमति नलिई तेस्रो पक्षले प्रयोग गरिरहेको कयैन घटना बाहिरिएसँगै फेसबुकमाथि नियन्त्रण राख्ने माग उठ्न थालेका थिए ।

त्यस्तै फेसबुकमाथि कयैन देशमा निर्वाचनमा हस्तक्षेप गरेको र गलत सूचना फैलाएको आरोप पनि छ ।

यता, जकरवर्गले पनि आफू केही नियमनको लागि खुल्ला रहेको संकेत गरेका छन् । मार्चमा वाशिङ्टन पोष्टमा एक लेख लेख्दै नियमन कहाँबाट सुरु गर्नुपर्ने भन्ने लेखेका थिए ।

ह्युग फेसबुक आफैले नियमनको आह्वान गर्नु पछाडि चाल देख्छन् । फेसबुकले विगतमा कयैन सम्भावित प्रतिस्पर्धीलाई गरेको छ । यस्तो खुल्ला बजार विरोधी अभ्यासमा अमेरिकामा ठूलो कारबाही हुने गर्छ । ह्युगका अनुसार यो आह्वान फेसबुकमाथिको ‘एन्टी–ट्रस्ट ल(एकाधिकार विराधी कानुन)’को बहसमाथिको ध्यान अन्यत्र तान्न हो ।

दशक अघिनै फेसबुक छाडेका ह्युगले जुकरवर्गको एकाधिकारवादी क्रियाकलापको कारण हाल फेसबुकले सम्पूर्ण समाजिक सञ्जालको कुल आयको ८० प्रतिशत हिस्सा पाइरहेको बताए ।

यसको समाधानको लागि ह्युगले इन्स्टाग्राम र ह्वाटस–एपमाथि फेसबुकको स्वामित्व अन्त्य गराउनुपर्ने सुझाव दिएका छन् ।

ह्युगले अमेरिकी सरकारले एक नयाँ एजेन्सी निर्माण गरेरै प्रविधि उद्योगमाथि नियमन कायम राख्नु पर्ने माग गरेका छन् ।

“जुकरवर्गले हाल उपभोक्ताको छनौटलाई सिमित गरेका छन् । स्वतन्त्र प्रतिस्पर्धाको वातावरण सुचिश्चित गर्ने काम सरकारको हो र उसले त्यसलाई सुनिश्चितता गर्न सबै विकल्प चाल्नुपर्छ ।” ह्युगले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप