सेक्सको क्रममा गल्तीपूर्वक गोली चल्दा महिलाको गोप्यअंग क्षतविक्षत
बीबीसी
प्रेमालापमा लिप्त रहेका बेला एक गल्तीका कारण महिलाको यौनाङ्गमा गोली लागेको छ । गोली लागेका कारण उनी नराम्रोसँग घाइते भएकी छिन् भने यो विषय अदालतसम्म पुगेको छ ।
४७ वर्षीय डेविड एन्ड्र्यू जेफर्ससँग ४६ वर्षीया ती महिला यौन गतिविधिमा मग्न थिइन् । जनवरी महिनामा स्टकपोर्टको एक होटलमा उक्त घटना भएको हो ।
आफ्नो ज्यान जोखिममा भएका कारण जेफर्सले आफूसँग बन्दुक राखेको स्विकार गरे जसका कारण उनलाई १० वर्षको कैद सजायँ तोकिएको छ ।
यौन गतिविधीमा संलग्न भइरहेका बेला नै बन्दुकको ट्रिगर दबेको थियो । म्यान्चेस्टर पुलिसले यो घटनालाई अचम्मित गरिदिने र भयानक भएको बताएका थिए ।
यो मुद्दाको सुनुवाई मिनशुल स्ट्रिट कोर्टमा भएको छ । घटनाको जानकारीपश्चात् जब पुलिस घटनास्थल पुग्यो तब पीडिता रगताम्मे थिइन् ।
महिलाको पेटमा पनि गहिरो चोट लागेको थियो । पुलिसका अनुसार उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनको ठूलै शल्यक्रिया गर्नुपरेको थियो ।
महिलाले अस्पतालमा जेफर्सलाई खराब व्यक्ति बताएकी थिइन् । सिसिटीभी फुटेजमार्फत घटनापश्चात् जेफर्स होटलबाट पिकेडिली स्टेशनका लागि गएका थिए र उनले लिड्सका लागि ट्रेन समतेको थाहा भयो । जेफर्सलाई पक्राउ गर्न पुलिसले निकै कसरत गर्नुपरेको थियो ।
यो मुद्दाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर रजर एडवर्डसले भने, ‘यो एक भयानक घटना थियो । यसका कारण महिलाको जीवन पूर्ण रुपमा परिवर्तन भएको छ । यो घाउबाट महिला कहिले पनि मुक्त हुन पाउने छैनन् । मैले अहिलेसम्म जति पनि अपराधको सामना गरे तीमध्ये यो सबैभन्दा संगीन हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल