निक्षेप तान्न बैङ्कहरुले ग्राहकलाई उपहार दिन नपाउने
शुक्रबार, २७ वैशाख २०७६, १३ : ०८
बैङ्क तथा वित्तिय संस्थाले निक्षेप तान्न उपहारको योजना सार्वजनिक गर्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले बिहिबार एकिकृत निर्देशिका २०७५ को बुँदा नं. २३ लाई संशोधन गर्दै निक्षेप तान्न उपहार दिन नपाउने बताएको हो ।
राष्ट्र बैङ्कले भनेको छ, ‘बैङ्क तथा वित्तिय संस्थाहरुले निक्षेप संकलन गर्दा सुन, चाँदीका सिक्का लगायत कुनै पनि उपहार प्रदान गर्न पाइनेछैन ।’
निक्षेप तान्न बैङ्कहरुले विभिन्न उपहारको प्रलोभन देखाउँन थालेपछि राष्ट्रबैङ्कले त्यसलाई रोक्न एकिकृत निर्देशिकानै संशोधन गरेको हो ।
अहिले वैशाख एक गतेदेखि हरेक नेपाली बैङ्क खाता अन्र्तगत बैङ्कहरुले १०० रुपैयाँसम्म जम्मा गरिदिन सक्ने व्यवस्थालाई भने यो संशोधनले कुनै असर गर्नेछैन् । बैङ्कखातामा निश्चि रकम जम्मा गरिदिन पाउने व्यवस्था भने यथावत नै रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ