बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो ‘पसिना’

शुक्रबार, २७ वैशाख २०७६, १२ : १२
शुक्रबार, २७ वैशाख २०७६

काठमाडौं – गतसाता झै आज शुक्रबारबाट पनि एक मात्र फिल्म प्रदर्शनमा आएको छ । फिल्म हो ‘पसिना’ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘पसिना’ देशभर प्रदर्शनमा आएको हो ।

यद्यपि फिल्मले देशभरका चलचित्र भवन भने एक्लै पाएको छैन । किनभने अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘दालभात तरकारी’ले अझै केही स्टेशनमा निरन्तरता पाएको छ ।

‘पसिना’ आर. बि खत्री ‘शरद’को निर्देशनमा तयार भएको हो । गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले ‘गरौ सत्कर्म, बगाऊ पसिना’ भन्ने नारा बोकेको छ ।

शान्ता ढकाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय महतो हुन् । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप