शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपराधमा संलग्न ६८६ जना पक्राउ

बिहीबार, २६ वैशाख २०७६, २० : २१
बिहीबार, २६ वैशाख २०७६

महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ६८६ जनालाई पक्राउ गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहका अनुसार एक वर्षको अवधिमा विभिन्न घटनामा संलग्न ती व्यक्तिलाई पक्राउ गरिएको हो ।  

पक्राउ पर्नेमा ठगी कसुरमा १२५, चोरी कसुरमा ६८, सार्वजनिक अपराधमा ८९, विद्युतीय कारोवार ऐनमा ९३, सार्वजनिक हितमा ८५, बैङ्किङ कसुरमा ५२, लिखत कसुरमा ३८, ज्यानसम्बन्धी कसुरमा १७ र अध्यागमन ऐनमा ११ जना रहेका छन् । 

यस्तै महाशाखाले राहदानी, मानव बेचविखन, ज्यान मार्ने, लागुऔषध, राजश्व छली र जुवा ऐनमा समेत विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । 

महाशाखाले एक वर्षमा ४४८ मुद्दा दर्ता गरेको जनाएको छ । महाशाखाका प्रमुख सिंहले आफ्नो एकवर्षे कार्यकालमा प्रहरी कर्मचारीको मनोवल उच्च राखेको बताए । 

‘अनुसन्धान र अपराध नियन्त्रणमा ९८ प्रतिशत सफल अनुसन्धान गरेका छौँ’ उनले भने । आफ्नो कार्यकालमा पूर्वराजदूत केशव झाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको उनले स्वीकार गरे । अनुसन्धानमा कानून बमोजिम कठोर रुपमा प्रस्तुत भएको उनको भनाइ छ । 

महाशाखाले एक वर्षमा डाँका गरी लुटपाट गर्ने व्यक्तिलाई पक्राउ, एनसेल कार्यालयमा बम विष्पोट घटनामा संलग्न व्यक्तिलाई पक्राउ, रोहन गुरुङको घरमा बम विष्फोट गर्ने व्यक्तिलाई पक्राउ, गुण्डागर्दीमा संलग्न राजु गोर्खालीलाई पक्राउ र सट्टेबाजीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप