शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरमा निर्वाचित भएपछि दाहाल र शाहको प्रतिवद्धता : दिदी-बहिनी मिलेर नमुना महानगर बनाउछौँ (भिडियो)

समृद्ध महानगर बनाउने प्रतिवद्धता
आइतबार, २२ साउन २०७४, ०९ : ५७
आइतबार, २२ साउन २०७४

चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छन् । 

मेयरमा निर्वाचित भइसकेपछि पहिलोपटक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै उनले भनिन्:

-महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा मैले केही गरेर देखाउने छु ।
-मेरो पहिलो काम नै महिलाको हक अधिकार सुरक्षित गर्ने हुनेछ ।
-देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा समृद्ध र व्यवस्थित शहर बनाएर अघि बढ्नेछु ।
-विगतमा गरेको प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्नेछु ।
-पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।

भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन्। उनले ४३ हजार १२७ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे । 

यस्तै उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यको पक्षमा ३९ हजार ५२५ मत खस्यो ।

 दिदी–बहिनी मिलेर नमुना महानगर
भरतपुर महानगरमा सर्वाधिक मत ल्याएर विजयी भएकी उपप्रमुख पार्वती शाहले  दिदी–बहिनी मिलेर नमुना महानगर बनाँउने प्रतिबद्धता जनाएकी छन् । बिजयी भएपछि उनले रातोपाटीसँग कुरा गर्दै समृद्ध भरतपुर महानगर बनाँउन सबैको  सहयोग लिएर अघि बढ्ने बताँइन् ।

उनले भनिन्:
-हाम्रो पार्टीले पनि गूरुयोजना बनाइसकेको छ, सबैसँग सर–सल्लाह गरेर, कामको बाँडफाँड गरेर अघि बढ्छौँ । 
-महिलाले अवसर नपाएर मात्र काम गर्न नसकेको हो, अवसर पाए महिलाले पुरुष भन्दा बढी काम गर्न सक्छन् । 
-महानगरमा सरसफाई तथा सडक निमार्णको कामलाई पहिलो प्राथमिकता दिएर काम गरिनेछ ।

माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त गठबन्धनबाट उपप्रमुखमा विजयी पार्वती शाहले निर्वाचनमा सबैभन्दा बढी ४७ हजार १ सय ९७ मत प्राप्त गरेकी छन् । 
भिडियो हेर्नुहोस :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप