शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकन स्पोर्टस् ब्राण्ड च्याम्पीयन नेपालमा

बिहीबार, २६ वैशाख २०७६, १६ : ५३
बिहीबार, २६ वैशाख २०७६

काठमाडौं–आर.पी.ग्रुपले विश्व प्रसिद्ध अमेरिकन स्पोर्टस् ब्राण्ड च्याम्पीयन नेपालमा भित्र्याएको छ । हाल यस ब्राण्डद्वारा उत्पादित स्पोर्ट वेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएको ब्राण्ड हो । यो ब्राण्ड स्पोर्ट वेयर उत्पादन गर्ने कम्पनीहरु मध्ये सबैभन्दा उत्तम कम्पनीमा पर्छ । 

हाल यस कम्पनीद्वारा महिला, पुरुष तथा बालबालिकाहरुलाई हुने हुडी, स्लिभहरु, ग्राफिक टिज्, ज्याकेट, आउटर, पेन्ट, सर्ट, जुत्ता, ब्याज लगायतका फेशेनेवल तथा स्पोर्टस् वेयरहरु उत्पादन गर्दै आइरहेको छ ।

आर.पि.ग्रुपले यस अघि पनि अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल फेशन वेयरहरु डामिलानो इटालिया, रोशो ब्रुलेनो, लुइस फिलिपी, इण्डियन टेरेन लगाएको दजर्नाै ब्राण्डहरु भित्र्याएर विक्री वितरण गर्दै आइरहेको छ । 

हाललाई यो ब्राण्डको स्टोर काठमाडौंको दरवारमार्ग र ललितपुरको कुमारीपाटीमा रहने छ । छिटैनै मुलुकका अन्य मुख्य शहरहरुमा पनि स्टोर सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप