केन्द्रीय संस्करण
अन्तरवार्ता

‘यसरी भएको थियो प्रचण्डसँग मेरो विवाह’

person explore access_timeबैशाख २६, २०७६ chat_bubble_outline0
तस्विर : विष्णु सापकोटा ‘जुगल’ को फेसबुकबाट

आज वैशाख २६ गते । नेकपाका अध्यक्ष प्रचण्ड तथा उनका धर्मपत्नी सीता पौडेलबीच विवाह भएको ठीक ५० वर्ष पुगेको छ । यसै सन्दर्भमा प्रचण्ड र सीताबीच कसरी विवाह भएको थियो ? हिजोका कठीन भूमिगत कालहरुमा पारिवारिक गर्न केकस्ता कठिनाईहरु भोग्नु परेको थियो ? युद्धकालका सर्वोच्च कमाण्डर प्रचण्डका पत्नी सीताको भूमिका के कस्तो रहेको थियो ? लगायतका सन्दर्भमा सीता पौडेल दाहालसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंहरुको पनि निकै छिटो विवाह भएको रहेछ । कसरी विवाह भएको थियो, मागी विवाह नै हो ?

त्यो बेला गाउँघरमा त्यस्तै छिट्टै विवाह गर्ने चलन थियो । विवाहभन्दा पहिला हाम्रो चिनाजानी थिएन । पहाडमा हाम्रो घर एक्कैठाउँमा जस्तो रहेछ । उहाँको कास्की, ढिकुर पोखरी र मेरो हेङजामा घर थियो । हिँडेर जाँदा एकघण्टा लाग्छ होला । उहाँका र मेरा बुबाहरू एउटै सालमा पहाडबाट झर्नुभएको रहेछ । हाम्रो चितवनकै सुन्दरवस्ती गाउँ र उहाँको भिमसेन नगर भन्ने बसाइँ सर्नुभएको हो । त्यहाँ पनि हिँडेर आउन–जान बीसमिनेट समय लाग्छ । हाम्रो केही नाता पनि पर्छ, मावलीपट्टि वा कताबाट अलिकति सम्बन्ध थियो । तर पहिला नै हाम्रो चिनजान त थिएन । मलाई माग्न त धेरै ठाउँबाट आएका थिए । तर मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा हाम्रो भेट हुन्थ्यो । मेरो केटा यही हो भन्ने हुन्थ्यो तर बोलचाल भने हुँदैनथ्यो । वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।

अध्यक्षको पारिवारिक भूमिका कस्तो रह्यो ?

हाम्रो बिहे हुँदा उहाँ पन्ध्रवर्षको हुनुहुन्थ्यो । त्यसपछि मात्रै हाम्रो भेट भएको यो । बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केकोजस्तो भयो । सानैमा विवाह भएकोले हामीहरू साथी र दिदीभाइजस्तो थियौं । म गएपछि थाहा भयो, उहाँले घरका भाइबहिनीलाई गर्ने व्यवहार राम्रो थियो । घरमा दिदीबहिनी र दाजुभाइमा त्यस्तो झगडा हुँदैनथ्यो । गाउँमा कतै–कतै झगडा हुँदाखेरी वृद्ध काँइली आमाले उहाँलाई देखाएर भन्नुहुन्थ्यो, यसले झुठो बोल्दैन, झगडा मिलाई दिन्छ । छोराछोरीलाई दिने समय त दिनुभएन । मैले र उहाँ दुवैले दिन सकेनौं भन्दा हुन्छ । राजनीतिमा लागेपछि त्यस्तै भयो ।

छोराछोरीसँगको उहाँको व्यवहार कस्तो पाउनुभएको छ ?

उहाँले छोरा–छोरीलाई कहिल्यै नियन्त्रण गर्नुभएन । सामन्तवादीहरुले गर्ने जस्तो नियन्त्रण त हुने कुरै आएन । उनीहरुसँग पनि साथीभाइजस्तै ठट्टामजा नै गर्नुहुन्छ । छोराछोरी र बुबाको जस्तो दूरी छैन ।

तपाईं कसरी राजनीतिमा लाग्नुभयो नि ?

उहाँले मलाई के बुझाउनुभएको थियो भने, यो राजनीति भनेको यस्तो चिज हो, यसले पीडित महिलालाई अधिकार हुन्छ । कम्युनिष्ट समाज धनी गरिब हुँदैन, सबै बराबर हुन्छ, त्यसका लागि लड्नुपर्छ । यो कुरा बुझेपछि राजनीति भन्ने चिज ठीक रहेछ भन्ने कुरा भित्रसम्म गहिरो प्रभाव प¥यो ।

एउटा श्रीमतीको भूमिका पनि खेलें, एउटा महिला भएको नाताले आमाले खेल्ने भूमिका पनि प्रशस्तै खेलेँ । विहे हुँदा उहाँ दसकक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलादेखि नै ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्थें । एउटी आमाले बच्चालाई ‘तिमीले नहाउनुपर्छ, नुहाऊ’ भनेजस्तै श्रीमान् भएपनि सुझाव दिने गर्दथें ।

हिजो उहाँलाई पन्ध्रवर्षको उमेरमा पाउँदा र अहिले देशको महङ्खवपूर्ण नेताको रुपमा पाउँदा कस्तो अनुभूति भइरहेको छ ?

बच्चादेखि नै संगत भएकोले त्यस्तो ठूलो र अनौठो केही महसुस भएको छैन । एउटा श्रीमतीको भूमिका पनि खेलें, एउटा महिला भएको नाताले आमाले खेल्ने भूमिका पनि प्रशस्तै खेलेँ । विहे हुँदा उहाँ दसकक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलादेखि नै ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्थें । एउटी आमाले बच्चालाई ‘तिमीले नहाउनुपर्छ, नुहाऊ’ भनेजस्तै श्रीमान् भएपनि सुझाव दिने गर्दथें ।

अध्यक्षको सबभन्दा राम्रा वा नराम्रो बानी के होलाजस्तो ठान्नुभएको छ ?

नराम्रो नै भन्ने त त्यस्तो केही देखेको छुइनँ । तर पनि सामान्यतया त्यस्तो अवगुण हुँदै नहुने कुरा भएन । संसारमै नभएको चिज हामीसँग मात्रै हुने कुरा पनि होइन । कहिलेकाहीँ उहाँ अलि झट्ट रिसाउनेजस्तो गर्नुहुन्छ । उहाँको राम्रो पक्षमा हेर्दा उहाँ एकदमै सरल हुनुहुन्छ । उहाँमा केटाकेटीदेखि वृद्धवृद्धासँग सम्म पनि मिल्न सक्ने गुण छ । मान्छेसँग प्रस्तुत हुँदा र छलफल गर्दा अति सहज र सरल नै हुनुहुन्छ । बुझ्नेगरी कुरा गर्नुहुन्छ ।

अनि सासु–ससुरासँग एउटी बुहारीको नाताले कस्तो सम्बन्ध रह्यो नि ?

म पन्ध्रवर्षको उमेरमा विवाह गरेर आएकी थिएँ । त्यसबेला त बाहुन समाज भनेको सामन्ती संस्कारमा लिप्त थियो । त्यसमा पनि म सानीमान्छे, दस–बाह्रजनाको जहान हुन्थ्यो । भाँडा माझ्ने काममा र चुल्होमा म एक्लै पर्दथ्यो । जब सुत्ने बेला हुन्थ्यो, अनि म सोच्थें, म बिहान उठ्न सक्छु कि सक्दिनँ ? बिहान उठेर दैलो पोत्न सकिनँ भने के गर्ने ? एउटा पन्ध्रवर्षकी बच्चीलाई परेको असर हो यो । असाध्यै कष्टसाध्य जीवन बाँचेर हुर्केर आएकी महिला हुँ म । अहिले हेर्दा त एक ढङ्गको नयाँ अनुभूति भइरहेको छ ।

उहाँ पूर्णकालीन सदस्य भएपछि बच्चाहरू हुर्काउने जिम्मा पनि तपाईंकै काँधमा बढी प¥यो होला, होइन ?

उहाँ पूर्णकालीन सदस्य भएपछि त्यो बोझ त पूरै मलाई नै भयो । हामी समग्र परिवारमा हुँदा उहाँले गोरखाको आरुघाटमा अढाइ वर्षजति पढाउनुभयो । यो स्वार्थी समाजमा छोराले कमाउन्जेलसम्म राम्रा गर्ने हुन्थ्यो । बुहारी, छोराछोरी, नाति, नातिना सबै ठीकै हुन्थे । जब उहाँ पूर्ण रुपमा राजनीतिमा होमिनुभयो, तब पैसा पनि भएन । बुहारी पनि पार्टीमै हिड्छे भनेपछि त समस्या भइहाल्यो ।

उहाँ पूर्णकालीन भएपछि पुलिसले सताउन थाले । त्यसपछि परिवार छुट्टियो । यस क्रममा पाँचवर्षजति मलाई भयङ्कर समस्या भयो । त्यतिबेला छोराछोरी साना–साना थिए । छोरा प्रकाश २०३८ सालमा जन्मिएको हो । छुट्टिनेबेला पाँचमहिनाको मात्रको थियो ऊ । यता माइतको भैंसी, घरबाट पाएको दुइटा भैंसी, खेतीपाती हेर्नुपर्ने अनि उता बच्चाबच्ची स्याहार्नुपर्ने, यसले गर्दा मलाई एकदम दुःख थियो ।

त्यस्तो बेला पार्टीले सहयोग गरेन त ?

त्यो बेला पार्टीमा पनि मोहनविक्रमको नेतृत्व थियो । त्यो बेला महिलाले जतिसुकै दुःख गरेपनि घरै धान्नुपर्ने, जसरी पनि महिलालाई बच्चा जन्माउने मेसिन हो, पुरुषलाई मात्र स्वतन्त्रतपूर्वक छाड्नुपर्छ भन्ने धारणा थियो पार्टीभित्र । त्योबेला म उहाँलाई भन्थें, श्रीमान् र श्रीमती भनेको एउटा रथका दुईपाङग्रा हो भने श्रीमान्ले् गर्न सक्ने जुनसुकै काम श्रीमतीले पनि गर्न सक्छ । पढ्नलाई र राजनीतिक रुपले त्योबेला पछाडि नै भएपनि म शारीरिक श्रम त गर्न सक्छु । त्यसैले पार्टीमा महिलालाई अगाडि बढाउने हो भने पुरुषले पनि सहयोग गर्नुपर्छ, पढाइ र राजनीतिमा पनि अगाडि बढाउने वातावरण बनाउनुपर्छ । म सुरुदेखि नै उहाँसँग यसरीे नै प्रस्तुत हुँदै आइरहेकी छु । उहाँ भन्नुहुन्थ्यो ‘तिमीले भनेको ठीक हो’ । पछि विस्तारै पार्टीमा महिला उभार आउन थाल्यो । त्यसमा मैले पनि भूमिका खेलेकी छुजस्तो लाग्छ ।

कहिलेदेखि पारिवारिक जीवन सहज हुन थाल्यो ?

जब उहाँ पूर्णकालीन सदस्य भएर राजनीतिमा लाग्नुभयो, त्यसपछि मलाई धेरै सरल र सहज हुँदै आयो । उहाँसँग त मेरो त्यस्तो समस्या भएन तर परिवारमै हुँदा त त्यो खालको कष्ट भइहाल्थ्यो ।

अहिले कस्तो महसुस भइरहेको छ ?

अहिले खासै त्यसो फरक लाग्दैन । काम गरिएको थियो, त्यसकै फल मिलेकोजस्तो लाग्छ । त्यो बेला देश र जनताका लागि गर्दै जानुपर्छ, गर्दै जाँदा भए होला, नभए पनि केही छैन भनेर लागियो । अहिले भने केही सन्तुष्टि मिलेको छ ।

मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्योबेला मैले आफूले कुनैपनि हालतमा पार्टी फुट्नुहुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाड बैठकभन्दा अघिल्लो बैठक......मा म बिरामी थिएँ । म भारतमा उपचाररत थिएँ । पार्टीभित्र कच्याकुच्युक त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो ।

अध्यक्षलाई शारीरिक रुपमा केही समस्या भएको छ कि छैन । उहाँको स्वास्थ्य कस्तो छ ?

त्यस्तो त खासै केही छैन । उच्च रक्तचाप छ । जनुयुद्धको बेला पहिला त्यस्तो केही समस्या थिएन । काठमाडौं आएपछि तीनमहिनापछि त्यस्तो समस्या देखिएको हो । यहाँ आएपछि नियमित खान पाउनुभएको छैन । कहिले कहाँ, कहिले कता यस्तै भइरहन्छ ।

पहिले त उहाँ पातलो हुनुहुन्थ्यो, अहिले मोटो हुनुहुन्छ त ?

उसबेला त दुब्लो पातलो नै हुनुहुन्थ्यो । बुढेसकाल लागेपछि मोटाउन थाल्नुभएको हो । उहाँको तौल त ठ्याक्कै थाहा छैन ।

भनिन्छ, पार्टीमा अन्तरसङ्घर्ष हुँदा पार्टी फुट्नबाट जोगाउन तपाईंको पनि ठूलो भूमिका रह्यो । यहाँले कस्तो भूमिका खेल्नुभएको थियो ?

मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्योबेला मैले आफूले कुनैपनि हालतमा पार्टी फुट्नुहुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाड बैठकभन्दा अघिल्लो बैठक......मा म बिरामी थिएँ । म भारतमा उपचाररत थिएँ । पार्टीभित्र कच्याकुच्युक त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो ।

उहाँले तुरुन्तै आउनुप¥यो भनेपछि गएँ । त्यहाँ गएपछि चिज गडबड भएको थाहा भयो । पासाङ र विप्लवहरूलाई थाहा छ, मैले ‘यसरी जानुहुँदैन, जसरी हुन्छ, पार्टी बचाएर लानुपर्छ’ भन्थें । श्रीमान््को नाताले अध्यक्षलाई त आफूले सकेको बुद्धि दिन्थे । पार्टी फुटेर गइहाल्यो भने पनि पार्टीभित्र झन् नराम्रो मान्छे आउँछ भन्ने ढङ्गले सम्झाउँथें । अनि बाबुरामजीलाई पनि भन्थेंं, ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ । तर तपाईंहरू झिनामसिना कुरामा अड्किएकोजस्तो लाग्यो मलाई । तपाईंको पनि गल्ती छ । उहाँले पनि थोरै कमजोरी गर्नुभएको छ ।’

म जे देख्छु, त्यही भन्छु भनेर अध्यक्ष र बाबुरामजीलाई कुरा राख्थें । चुनवाङमा केन्द्रीय कमिटी बैठकमा म पनि गएकी थिएँ । त्यो बेला मैले भनेकी थिएँ, ‘चिज बिग्रिएको छ, दुवैजनाले गल्ती गर्नुभएको छ । दुवैतिरबाट सच्चिएर पार्टी बचाएर लानुपर्छ । कुनै हालतमा पनि पार्टीलाई फुटाउन पाइँदैन ।’ मैले यसरी कुरा राखें, ‘यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् ।’

अहिलेसम्म जनयुद्धमा अध्यक्ष प्रचण्डलाई सुरक्षित राख्न र नेतृत्वलाई विकास गर्न कसरी सहयोग पु¥याउनुभयो ?

मेरो सहयोग कस्तो रह्यो भन्ने कुरा पार्टी र उहाँलाई थाहा छैन । मलाई लाग्छ, मैले उहाँलाई धेरै सहयोग गरें । जनयुद्ध सुरु हुनुभन्दा पहिला पनि घरपरिवार, छोरा÷छोरी सब त्यागेर यो पार्टीमा जसरी लाग्दै आएँ र जनयुद्धमा पनि म उहाँसँगसँगै छु । प्रायः एकाध दिन छुट्टिएँ होला । हरेक ठाउँमा मैले धेरै भूमिका खेलेको छु ।

तपाईंले नै उहाँलाई सुरक्षित गराएका घटनाहरू उल्लेख गरिदिनु न ?

त्यस्ता घटनाहरू त धेरै छन् । ठ्याक्कै मेरो बलले उहाँलाई बचाएका मुख्यतः दुइटा घटना छन् । एकपटक सातवर्षअगाडि अल कायदाको भारतमा खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदैथियौं । रेलको एउटा सिटमा हामी दुईजना सुतेर आएका थियौं । एउटाको टाउको अर्कोको खुट्टा यता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इण्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उहाँले हाम्रो ठूलो झोलामा माओवादी डकुमेण्ट, पुस्तक र लेखहरू राखेर ल्याउनुभएको थियो ।

मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ, ‘अहिले किताबहरू नलैजाऔं । हाम्रो स्टाफ पछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उहाँले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उहाँले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो ।

इण्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो । म पनि प्रायः हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे । माओवादी महिलाहरुजस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिलाजस्तो भएर हिँड्थें, त्यो जोगाउन गरिन्थ्यो । रेलमा बीचका सबै मान्छेको चेक गरियो । म निन्द्रामा रहेछु । चेक गरेको थाहा पाएर म बिउँझिएँ । यसो हेर्छु त पुलिसले सारा झोला, खल्ती र चेक गरिराखेको छ,  अरुलाई उठाइरहेको पनि छ । फेरि त्यही बेला उहाँले जुँगा पनि पाल्नुभएको थियो । दाह्री पनि लामो भइसकेको थियो । मुख्यतः मुसलमानहरुले दाह्री पाल्ने, दाह्री–जुंगा भएका मुसलमानहरुकै खोजी भइरहेको थियो । त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने ? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो । खुट्टाले झक्झकाएर सङ्केत गरें, ‘तपाईंं चुप लागेर सुत्नुहोस् ।’ त्यो सङ्केत पाएपछि उहाँले बुझ्नुभो । म गृहिणी महिलाजस्तो यता–उता गर्दै बसें । त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो ।

अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ । घटना दिल्लीकै हो, त्यहाँ हामी सँगै थियौ । साथीहरूसँग कुरा गरेर डेरामा फर्किंदै गर्दा साँझ परिसकेको थियो । उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भन्नुभयो । मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेँ । दुई/तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो । मैले कराएको कराई गरेपछि फर्केर भित्र कोठामा आउनुभयो ।

बमबारी हुनुभन्दा पाँचदिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, अब यहाँ त बस्नुहुन्न है बाबु ! त्यसपछि उहाँहरूले ‘ठीक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो ।

भोलिपल्ट बिहान ९ बजेको थियो होला । उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो । मलाई के लागेको थियो भने सुरेशजी त यता–उता भाषण गर्दै हिडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ । त्यसैले श्रीमान्लाई सम्झाउने तरिकाले कुरा गरेँ । ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ भनें । त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो । पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ । दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्, ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो ।’

त्यसरी यी दुइटा घटनामा म नजिकबाट सामेल भएको छु ।

–रोल्पाको डाँडागाउँमा पनि अध्यक्ष रौंरौंले बच्नुभएको रहेछ, होइन ?

रोल्पामा त जनताकोमा बस्ने गर्दथ्यौं । त्यहाँ हामी बसेको घरमा बमबारी पनि ग¥यो । त्यहाँ पनि मैले चेतावने काम अलि पहिलेदेखि नै गरेकी थिएँ । उहाँहरुलाई भन्थें, ‘अब हामी यहाँ नबसौं । यहाँ बसिएको लामो समय भइसक्यो । जनताहरू सदरमुकाम आउँछन्, जान्छन् । त्यो भएपछि लिक हुनसक्छ, खतरा हुनसक्छ ।’

बमबारी हुनुभन्दा पाँचदिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, अब यहाँ त बस्नुहुन्न है बाबु ! त्यसपछि उहाँहरूले ‘ठीक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो ।

  जनयुद्धको बेला आफू पनि मारिन्छ कि भन्ने डर वा चिन्ता केही भएन ?

त्यस्तो भएन । मलाई के भयो कुन्नि, त्यस्तो डर लागेन । तर पनि मान्छे भएपछि डरै नलाग्ने कुरा पनि भएन । बमबारी हुँदा वा दुस्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तरद्वन्द्व पनि सबै बुझिएको छ । उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहन्न भन्ने खालको बढी चिन्ता थियो ।

राजेन्द्र महर्जन, चन्द्र खाकी, चन्द्रलाल गिरी

स्रोतः ‘जनयुद्धका नायक’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...