बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिउँदो अक्टोपसलाई खान खोज्दा यस्तो आक्रमणमा परिन् युवती...

बिहीबार, २६ वैशाख २०७६, ०८ : ५६
बिहीबार, २६ वैशाख २०७६

सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ स्ट्रिम गर्ने युवतीले सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् । तर यसपटक धेरैको ध्यान आकर्षित गर्न उनले भिन्न गर्ने सोच बनाइन् – जिउँदो अक्टोपस खाएर ।

उक्त ५० सेकेन्डको भिडियो सर्ट भिडियो प्लेटफर्म कुवाइसाउमा सेयर गरिएको थियो । यसमा सिसाइड गर्ल सेभेनले जिउँदो अक्टोपसलाई खान प्रयास गरिरहेको देख्न सकिन्छ । तर उक्त अक्टोपसले आफूलाई शिकार हुनबाट जोगाउन आफ्नो सकरलाई ती युवतीको अनुहारमा बेस्सरी टाँस्यो ।

अक्टोपसको टेन्टकल्स निकाल्ने क्रममा उनी बेस्सरी चिच्याइन् ।

अक्टोपसले पूर्ण रुपमा छोडेपछि उनको अनुहार निकै रातो भएको थियो ।

कुवाइसाउ अकाउन्ट अनुसार सिसाइड गर्ल लिटल सेभेन लियानयुङगाङ्ग शहरमा बस्छिन् र सीफुड मन पराउँछिन् ।

उनले दुई हप्ताअघि मात्रै लाइभ स्ट्रिमिङ च्यानल जोइन गरेकी हुन् । उनले यतिबेला क्रेफिस र लोब्सटरलगायत सीफुड खाइरहेको भिडियो सेयर गरेकी छिन् । आफ्नो करियरको छोटो अवधिमा पनि उनले पर्याप्त ध्यान खिच्न नसकेको बताएकी छिन् । ‘मेरा कुनै पनि क्लिप ट्रेन्डिङ टपिङ चार्ट’ मा पर्दैन ?’ उनले यसअघिको भिडियो क्लिपमा भनेकी छिन् ।

हेरौं भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप