केन्द्रीय संस्करण

नसोध नारी भएकोमा

person explore access_timeबैशाख २५, २०७६ chat_bubble_outline0

बिनिका श्रेष्ठ

म सानै थिएँ । शिक्षकले मलाई सोध्नुभयो, ‘नारी भएकोमा तिमी कस्तो महसुस गर्छौ ?’ त्यति बेला मेरो सानो दिमागले केही प्रतिष्ठित केही महिलाहरुको अनुहार मदर टेरेसा, मेडम क्युरी, मलाला सम्झिएँ । अनि मैले गर्वका साथ भने, ‘म नारी हुनुमा गर्व महसुस गर्छु सर ।’

जब म अलि ठुली भएँ, संसारलाई  जान्न सक्ने भएँ । त्यही प्रश्न आफूलाई आफँैले सोध्न मन लाग्यो, ‘के म साँच्चै नारी हुनुमा कस्तो महसुस गर्छु । जवाफ म सन्झन्छु, एसिडले बिग्रेका अनुहारहरु सम्झन्छु, रजस्वला भएको बेलामा छाप्रोमा रुँदै बसेका जीवनहरु सम्झन्छु, आफ्नै दाजुभाइ, काका, बाबुहरुबाट लुटिएका अस्मिताहरु सम्झन्छु, कोठीमा झेरेका आँसुहरु सम्झन्छु । दाइजो प्रथाका कारण जीवन गुमाइरहेका महिलाका लासहरुलाई सम्झन्छु अनि सम्झन्छु फेरि उही मदर टेरेसा, फ्लोरोसेन्ट नाइटेङ्गल जस्ता सुपरहिट हिरोहरु । त्यति बेला म दुखी हुँ, या मुस्कुराऊँ । म मानसिक द्वन्द्वमा हुन्छु ।

हाम्रो समाजमा छोरा र छोरीमा ठूलो भेदभाव छ । छोरी जन्मदा पुर्पुरोमा हात राख्ने समाज छोरा जन्मँदा भोज, भतेरको लर्को हुने गर्छ । हाम्रो समाजमा छोरीलाई खाना बनाउन सिकाइन्छ, चुलो चौकी, भाडा माझ्न सिकाइन्छ । तर छोरालाई घरायसी काम गर्न सिकाइँदैन । छोरा जहाँ जाऊ, जे गर मतलब छैन । तर छोरीलाई छोरासँग बोल्नसमेत मापदण्ड तोकिन्छ ।
छोरा रोएको सुहाउँदैन रे ! अनि छोरीको आँखामा आँसु सुहाउँछ अरे । जब एउटा महिला साँझ, बिहानै घर फर्किन्छिन्, बाटोमा वन्यजन्तुभन्दा पनि बढी डर पुरुषको हुन्छ । अनि उनलाई डर घर पुगेपछि आमाबुबाका विभिन्न खाले प्रश्न हुन्छ । आमा बुबाले भन्नुहुने छ, तेरो चाला ठिक छैन छोरी ! के यही हो घर आउने समय ? केटी मान्छे भएर राति राति हिँड्न सुहाउँदैन । यस्तो बेलामा आमाबुबाप्रति रिस उठेर आउँछ तर कुरा अर्को पनि छ । सायद उहाँहरुले आफ्नो छोरीको बढी माया, स्याहार गरेको हुनुपर्छ । 

आफ्ना छोरीको अस्मिता नलुटियोस, एसिडले छोरीको अनुहार नबिग्रियोस भन्ने सोचेर पनि हुनुपर्छ ।

तर किन छोरीलाई पनि छोरा जस्तै बलियो बनाउन सिकाइँदैन ? छोरीलाई साँझपख बलियो भई हिँड्न, हास्न, बोल्न किन सिकाइँदैन । छोरीलाई चाहिँ किन सभ्य र नरम हुन मात्र सिकाइन्छ । संसारमा नारीको सङ्ख्या हेर्ने हो भने पुरुषभन्दा बढी छ । तर पनि महिला माथि उठ्न सकेका छैनन् । महिलाको स्थान ठूलो ढुङ्गाले चेपिएको माटो जस्तो छ । 
यो असमानता र आफूलाई कमजोर सम्झने हामी नारी सम्झने नारी यति बेला म फेरि समाज बदल्ने पारिजात, अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता नारीहरु सम्झन्छु ।

अनि,
फेरि शिर माथि उठाउँछु
मुस्कुराउँछु
छाती फुलाउँछु 
नारी हुनुमा गर्व गर्छु ।

तर महिला मात्रै दुखी छैनन् यो असमानता समाज देखि।पुरुष पनि दिक्क छन् । आँसु दुःखको आभास हो । आँसु मन हलुका बनाउने साधन हो । महिला पुरुष दवबै मानव हुन् । दुःखको बेला सबैको मन दुख्छ । आँसु आउँछ । आँसु आउनु स्वाभाविक हो तर समाजले पुरुषलाई आँसु लुकाएर कठोर र स्पष्ट बन्ने आदेश दिन्छ । कतिपय पुरुषको स्वभाव नै लजालु हुन्छ । तर उनीहरुले लाज मान्दा महिला जस्तो भनेर जिस्क्याउँछन् । लाज मान्नु महिलाको स्वभाव अनि कठोर बन्नु पुरुषहरुको स्वभाव रे ! हाम्रो समाजको कस्तो संरचना हो ? म बुझ्न सक्दिनँ । महिला पुरुष दुवैलाई  सम्मान गर्न सिक, दुवैलाई बलियो बन्न सिकाऊँ । छोरी जन्मँदा पनि भोज भतेर लगाउन सिकाऊँ । सिकाउ पुरुष पनि, सिकाउ हरेक महिलाहरुलाई कि तिमी उठ्नु पर्छ । केही गर्नुपर्छ भनेर अनि गर प्रतिस्पर्धा महिला र पुरुषबीच हैन, एउटा व्याक्ति  र अर्को व्याक्ति बीच ।

तर जे बोल्यो, त्यो पूरा हुन सक्दैन । जे लेख्यो त्यो पूरा हुँदैन । समाज एक क्षणमा बदलिन सक्दैन । अझ नारी नराम्रोबाट राम्रो बन्न कैयौँ वर्ष लाग्नेछ । त्यति बेलासम्म त म जस्ता हजारौँ नारीहरुले जन्म लिइसकेका हुनेछन् । पासाङलामु शेर्पा, सीता, भृकुटीको गर्व सेलाउने छ । एउटा नारीको सफलतामा मुस्कुराउने म अर्की नारीको बेदना सुनेर मेरो खुशीको भाव एकछिनमा बिलाइ जानेछन् । यस्तो बेला मलाई यो प्रश्न कसैले नसोधिदियोस किनकि मसँग जवाफ छैन ।

फ्लोरोसेन्ट हाइस्कुल गोंगबु, काठमाडौँ 
कक्षा : ११

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...