शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् पूर्वराष्ट्रपति यादवकी छोरीको बिहे

मङ्गलबार, २४ वैशाख २०७६, १६ : ४४
मङ्गलबार, २४ वैशाख २०७६

जनकपुर–नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ ।

अनिताको विवाह रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग भएको हो । 

सोमबार राति हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा अनिता र रमेशको विवाह सम्पन्न भएको थियो । 

सो अवसरमा रमेश र बेहुली अनिताले एकअर्कालाई बरमाला लगाए भने त्यसपछि औठी साटासाट गरे । सोही क्रममा पूर्वराष्ट्रपति यादवले छोरी र ज्वाईलाई रामायणको नेपाली र अंग्रेजी अनुवादको गरी २ थान जोडा किताब हस्तान्तरण गरेर सुखद दाम्पत्यको लागि आशिर्वाद दिएका थिए ।

विवाह राति साढे १० बजेदेखि हिन्दु परम्परा अनुसार सुरु भएको थियो । यस विवाहमा सरिक हुन करिब १ सय जना जन्ती आएका थिए । सोही विवाहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह लगायतको पनि सहभागिता रहेको थियो । यस्तै समाजका भद्रभलादमीहरुले समेत बेहुला र बेहुलीलाई सुखद दाम्पत्यका लागि आर्शिवाद दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप