शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

शनिबार, २१ साउन २०७४, २१ : ४१
शनिबार, २१ साउन २०७४

चितवन– लामो विवाद र चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छन् । 

एमालेका देवी ज्ञवाली भन्दा २ सय ३ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् । रेणु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे । 

भरतपुर वडा नम्बर २० मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ । कांग्रेसको उम्मेदवार १ हजार ४ सय ४७ मत प्राप्त गरी निर्वाचित भए भने एमालेका ८ सय ८४ मत प्राप्त गरे । वडा नम्बर २० मा ३३ सय १४ मत  खसकोमा ५० मत बद भएको निर्वाचन कार्यालयले जनाएको छ । 

भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो ।

तर मतगणनाका क्रममा जेठ १४ गते राती दलका प्रतिनिधिले वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातलेपछि विवाद विवाद भइ सो वडामा साउन २० गते पुनः मतदान भएको थियो । 

पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो । सर्वोच्चले आयोगको निर्णयको पक्षमा फैसला सुनाएपछि १९ नम्बर वडामा पुनः मतदान गरिएको थियो ।

विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि १९ र २० नम्बर वडाको मतगणना गरिएको हो । 

यस्तै, उपप्रमुखमा पनि कांग्रेस–माओवादी गठबन्धन नै विजयी भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी हुन् । 

यस्तै, उपमेयरमा माओवादी कांग्रेस गठबन्धनको तर्फबाट उम्मेदवार भएकी पार्वती शाह विजयी भइन् । पार्वतीले ४७ हजार १ सय ९७ मत प्राप्त गरी विजयी भइन्  । उपमेयरका एमाले उम्मेदवारले ३९ हजार ५ सय २९ मत प्राप्त गरे । 

आइतबार विहान १० बजे भरतपुरको चौविसकोठीबाट विजयी र्याली निकाल्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका नेता हिमाल शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप