बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा एकैदिन १ करोड १५ लाख ९७ हजार कित्ता सेयर सूचीकृत, कसको कति ?

सोमबार, २३ वैशाख २०७६, १२ : २७
सोमबार, २३ वैशाख २०७६

काठमाडौं–सेयर बजारमा एकै दिन एक करोड १५ लाख ९७ हजार ६०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउँनेमा साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक, सोल्टी होटल र हिमालयन बैंक रहेका छन् । 

साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४ सय २४ कित्ता बोनस  सेयर सुचिकृत भएको छ । साल्ट ट्रेडिङले चैत्र ११ गतेको साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो । 

 यता मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८.२२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यसले ११ प्रतिशत बोनस सेयर दिएको हो । 

सोल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने  हिमालयन बैंकको पनि ४० लाख ५७ हजार २६५ कित्ता बोनस सेयर सुचिकृत भएको हो । सेयर सुचिकृत पछि  यी कम्पनीहरुको सेयर  दोस्रो बजारमा कारोबार खुला भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप