बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्त कमैया वस्तीमा ‘नमुना अध्ययन गृह’

आइतबार, २२ वैशाख २०७६, २१ : ४६
आइतबार, २२ वैशाख २०७६

कैलाली–प्रदेश नम्बर ७ को कैलालीस्थित लम्कीचुहा नगरपालिकाको मुक्त कमैया वस्तीमा  ‘नमुना अध्ययन गृह’ नामक बाल गृहको उद्घाटन गरिएको छ । 
सो अध्ययन गृह कमैया वस्तीका १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका निमित्त स्थापना भएको हो । 

५ वर्षमुनिका स्कुल नजाने बालबालिकाहरुलाई स्कुल जाने बानी बसाल्न साथै अभिभावक काममा व्यस्त हुने भएकाले उनीहरुको उचित रेखदेख गर्नलाई अध्ययन गृह स्थापना गरिएको ‘नमुना अध्ययन गृह’का अध्यक्ष जनक सुनारले बताए ।

अध्ययन गृहको लागत १७ लाख १२ हजार २४ रुपैयाँ रहेको अध्यक्ष सुनारले जानकारी दिए । जसमा ११ लाख १२ हजार २४ रुपैयाँ विभिन्न संस्था र व्यक्तिबाट उठेको रकम हो भने कमैया वस्तीका अभिभावकहरुले ७ लाख बराबरको श्रमदान गरेका हुन् ।

हाल अमेरिकामा बस्ने कैलाली लम्कीचुहा नगरपालिकाका मदन कठायतको सहयोगमा  १ लाखभन्दा बढीको लागतमा बालगृह परिसरमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप