केन्द्रीय संस्करण

विश्व सर्वहारा वर्गका महान् गुरु : कार्ल मार्क्स

person explore access_timeबैशाख २२, २०७६ chat_bubble_outline0

नाम : कार्लमार्क्स

नागरिक : जर्मनी

क्षेत्र : राजनीति,दर्शन

विशेषता : सर्वहारावर्गकामहान्गुरु,सहस्राब्दीनायक,मार्क्सवादकाप्रणेता

जन्म : मे१८१८

मृत्यु : १४मार्च१८८३

हामीसँगहार्नकालागिकेहीछैन,केवलएउटासिक्रीबाहेकतरजित्नकालागिभनेसारासंसार।’

मार्क्स

जर्मनको पश्चिमी भाग राइन प्रान्तको ट्रियर नगरमा एक सभ्य यहुदी वकिल परिवारमा मार्क्सको जन्म भएको थियो । उनको परिवार सम्पन्न र सुसंस्कृत थियो तर क्रान्तिकारी विचारधाराको थिएन ।

मार्क्स बाल्यकालदेखि परिश्रमी, अध्ययनशील थिए । बाल्यकालमा ट्रियर जिम्नेसियममा अध्ययन गरे । उनी त्यहाँका जेहेन्दार छात्र थियो । सानैदेखि उनको मनमा धेरै विचारहरू खेलिरहन्थ्यो । ट्रियरमा स्कुल समाप्त गरेपछि उनले पहिले बोनको र पछि बर्लिनको विश्वविद्यालयमा कानुन अध्ययन गरेर आफ्नो मुख्य समय इतिहास र दर्शनशास्त्रको अध्ययनमा लगाए । उनका बाबु उनलाई आफूजस्तै वकिल बनाउन चाहन्थे ।

सन् १८४१ मा उनले डक्टरेट डिग्री प्राप्त गरे । त्यसपछि उनी प्रोफेसर बन्न बर्लिन विश्वविद्यालय गए तर त्यहाँको प्रतिक्रियावादी विचारनीतिले गर्दा उनले सफलता प्राप्त गर्न सकेनन् । सन् १८४२ मा राइन समाचार भन्ने अखबार निकाले आफ्नै सम्पादकत्वमा । यसले जनताको चेतनास्तर उकास्ने काम गर्यो । सन् १८४३ मा सरकारले त्यसलाई बन्द गरिदिए ।

सन् १८४३ मा आफ्नो बाल्यकालको सङ्गिनी जेनी फोन बेस्ट फालेनसँग विवाह गरे । उनी पर्सियाको प्रतिक्रियावादी दरबारिया परिवारबाट आएकी धनी र सामन्तकी छोरी थिइन् । त्यसै वर्ष उनी पेरिस गई राजनीतिशास्त्रको अध्ययन गर्र्न थाले । त्यहाँ उनको एङ्गेल्ससँग भेट भयो र मित्रता गाँसियो । तर उनलाई पेरिसबाट पनि निकाला गरिएपछि १९४६ मा ब्रसेल्स गई अर्थशास्त्रको अध्ययन गर्न थाले । त्यही उनले ‘कम्युनिस्ट लिग’ खोले सन् १८४८ मा उनको ‘कम्युनिस्ट घोषण पत्र’ प्रकाशित भयो । त्यो कृति सर्वहारा वर्गका मुक्तिको बाटो बन्यो । यसको सुरुबाट उनले यसरी गरे– “अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।’ त्यही वर्ष फ्रान्समा दोस्रो राज्यक्रान्ति सुरु भयो । त्यसको स्रोत मार्क्सलाई नै ठानी बेल्जियमबाट पनि उनी निकालिए ।

सन् १८४८ मै उनले नयाँ राइन समाचार निकाले तर एक वर्षपछि नै सरकारले बन्द गर्यो । सन् १८४९ मा जर्मनीबाट निष्काशित भए । फेरि पेरिस गए र त्यहीँबाट लन्डन गए । त्यहाँ उनले कष्टपूर्ण प्रवासी जीवन बिताए । घर खर्च, भाँडा पनि थिएन । कैयौँ दिन केवल आलु र पाउरोटी खाएर दिन काटे । बच्चाको औषधोपचार गर्न सकेनन्, पाँचौँ छोरी जन्मी र मरिन् तर कात्रोसम्म किन्ने पैसासमेत थिएन । छिमेकीले दुई पाउन्ड सहयोग गर्यो । यस्तो अवस्थाबाट पनि मार्क्स विचलित भएनन् ।

सन् १८६७ मा पुँजीको प्रथम खण्ड पूर्णरूपले समाप्त गरे । सन् १८६४ मा ‘अन्तर्राष्ट्रिय मजदुर सङ्घ’को स्थापना गरेका थिए । उनलाई आर्थिक सङ्कट पर्यो । पुँजीको दोस्रो खण्ड सुरु गरेको भए पनि अन्तर्राष्ट्रिय मजदुर सङ्घलाई धेरै समय दिए । सन् १८७१ मा पेरिसमाथि मजदुरहरूले शासन कब्जा गरे र पेरिस कम्युनको स्थापना गरे । मार्क्सको सिद्धान्तले पहिलो पटक पेरिसमा साकार रूप लियो । संसारमा पहिलो पटक धर्मको नाममा हुने शोषणलाई अन्त्य गरिदियो । जनतालाई रोजीरोटी दियो तर त्यसको ७२ दिनपछि पेरिस कम्युनको हार भयो । यसले मार्क्सलाई ठूलो चोट पुग्यो । पुँजीको दोस्रो र तेस्रो खण्ड समाप्त गर्न सकेनन् ।

२ डिसेम्बर १८८१ मा क्यान्सरले जीवनसङ्गिनी जेनी मार्क्स मरिन् । यसले झन् गहिरो चोट पर्यो । त्यसमाथि जेठी छोरोको पनि मृत्युले चारैतिरको चिन्ताले उनलाई आक्रमण गर्यो ।

मार्क्स आफ्ना किताब र पत्रपत्रिकाहरू कसैलाई पनि मिलाउने वा राखेका ठाउँमा बिगार्ने अनुमति दिँदैनथे । बाहिरबाट अव्यवस्थित देखिए पनि उनी ती किताबहरू एकदम मिलाएर राख्थे । कसैसँग कुराकानी गर्दा पनि उल्लेख गरेका भनाइ वा अङ्क किताबमा देखाउन उनी बारम्बार रोकिन्थे । उनी भन्थे ‘किताबहरू मेरा दासहरू हुन् र मेरो इच्छाअनुसार तिनीहरूले मेरो सेवा गर्नुपर्छ ।’ पढ्दा पुस्तकमा अन्डरलाइन गर्थे, जसले गर्दा चाहिएको अंश पाउन सजिलो हुन्थ्यो । पढेका कुरा नोटबुकमा लेख्थे । उनको आदर्श वाक्य थियो ‘हरेक कुरामा शङ्का गर ।’

मार्क्सलाई हाइने र गोयथेका रचना कण्ठस्थ थियो । सेक्सपियरप्रति असिम सम्मान थियो । समय समयमा कुर्सीमा बसी उपन्यास पढ्थे । कहिलेकाहीँ त एकै चोटि पालैपालो दुई वा तीनवटा उपन्यास पढ्थे । उनी सबै युरोपेली भाषामा पढ्न सक्थे र तीनवटा भाषा जर्मन, फ्रेन्च र अङ्ग्रेजीमा त लेख्न नै सक्थे । उनी ५० वर्ष पुग्दाखेरि रुसी भाषाको अध्ययन थाले । ६ महिनाभित्रै रुसी कवि र गद्य लेखकहरूको कृति पढेर आनन्द लिनसक्ने भए ।

उनी गणितमा चुर्लुम्मै डुबुल्की मार्थे । गणितप्रति उनको विशेष लगाव थियो । धूमपान भने ज्यार्दै गर्थे । छिटोछिटो पाइप वा सिगार खाँदाखाँदै बिर्सन्थे र फेरि सल्काउँथे । छोटो समयमै कल्पनै गर्न नसकिने हदको सङ्ख्यामा सलाइका बट्टाहरू सकाउँथे ।

मार्क्स निकै ढिला सुत्ने र बिहान ८–९ बजेसम्ममा उठ्थे । त्यसपछि सादा कफी खाई समाचारपत्र पढ्थे र अध्ययनमा लाग्थे । दिनको २, ३ बजेसम्म अध्ययनमै लीन हुन्थे । युवाकालमा त रातमा समेत काम गरेको गर्यै गर्दे । कामप्रति उनको विशेष अनुराग थियो । अध्ययनमा यति डुब्थे कि खाना खान नै बिर्सन्थे । त्यसका लागि बोलाउनै पथ्र्यो । शारीरिक व्यायाममा हिँडाइ थियो ।

उनी सूचनाको लागि सधैँ स्रोतसम्मै पुग्थे, चाहे त्यो प्रक्रिया जतिसुकै दिक्कलाग्दो किन नहोस् । सानो तथ्य सुनिश्चित गर्नसमेत ब्रिटिस म्युजियम लाइब्रेरी गई किताब पल्टाउँथे । हेलचेक्र्याइँ गर्ने खालका कदापि थिएनन् ।

परिवारमा पनि उनी असाध्यै रमाउँथे । उनी एक मायालु, सहृदयी र अरूको आनन्दमा रमाउने पिता थिए । उनी हैकम लाद्ने खालका थिएनन् । छोराछोरीलाई साथीको व्यवहार गर्थे, घण्टाँै उनीहरूसँग खेल्थे । छोराछोरीलाई आफै रचेको कहिल्यै नटुङ्गिने कथा हाल्थे र उनी अत्यन्त अद्वितीय उर्वर कल्पनाशक्तिका धनी थिए । आफ्नी श्रीमतीको बौद्धिकता र आलोचनात्मक चेतनाप्रति उनको यति ज्यादा सम्मान थियो कि उनी आफ्नो सम्पूर्ण पाण्डुलिपि जेनीलाई देखाउँथे ।

मार्क्स आफ्नै कुर्सीमा सदाका लागि चीर निद्रामा सुते । १६ मार्च १८८३ मा लन्डनको हाइगेट सेमिट्रीमा उनकी पत्नीको समाधिनेर उनका अन्त्यष्टि गरियो । उनका मित्र एङ्गेल्सले समाधि छेउमा बसी भाषण गरी भविष्यवाणी गरेका थिए– ‘उनको नाम युगौँयुगसम्म अमर रहनेछ तथा यस प्रकार उनको कृति पनि अमर रहनेछ ।’

मार्क्सको जीवनमा एङ्गेल्सको नाम जोड्नैपर्छ । एङ्गेल्सले मार्क्सलाई पूर्णतातिर दोहोर्याए । एङ्गेल्सबिना मार्क्स ‘मार्क्स’ हुने थिएनन् ।

हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई संश्लेषण गरेर तिनका कमीकमजोरी हटाएर मार्क्सले द्वन्द्वात्मक भौतिकवाद जस्तो मौलिक र क्रान्तिकारी सारको विकास गरे । उनी दर्शनलाई संसारको व्याख्या गर्न नभई संसार बदल्नुपर्छ भन्ने मान्यता राख्छन् । व्यवहारमा त्यही प्रयत्न गरे । आफ्नो दर्शनलाई व्यवहारको दर्शनका रूपमा विकसित गरे । जीवनभर महान क्रान्तिकारीका रूपमा अडिग भई टिकिरहे, प्रतिपादित सिद्धान्तलाई व्यवहारमा उतार्न लागि परे । उनको साम्यवाद वा वैज्ञानिक समाजवादको मुख्य केन्द्रबिन्दु अरू कोही नभई केवल मान्छे र मान्छेको मुक्ति नै थियो ।

अतिरिक्त मूल्य सिद्धान्तले मजदुरहरूको श्रमको शोषण कसरी हुन्छ र पुँजीपतिको नाफा र बढ्दो धनाढ्यताको असली मुहान पत्ता लगाई पुँजीवादी भ्रमको पर्दालाई च्यातचुत पारे । मानव इतिहासको विकासको वैज्ञानिक नियम संसारमै पहिलो पटक प्रतिपादन गरे । पुँजीपतिहरूको शोषणको मुखुण्डो उतार्ने मार्क्सको ‘पुँजी’ स्वयं मार्क्सको शब्दमा बुर्जुवा र जमिनदारको टाउकोमा लक्षित अणुबम थियो । वैचारिक हतियार थियो । कम्युनिस्ट घोषणापत्र शोषितपीडित वर्गको हतियार नै बन्यो । मानवमुक्तिको प्रस्तावना बन्यो ।

मार्क्स जो भूत बनेर सारा युरोप थर्काए । उनी मानव र मानवमुक्तिकै सङ्घर्षमा बाँचे, श्रद्धेय रूपमा मरे । यसका असङ्ख्य विरोधीहरू भए पनि व्यक्तिगत शत्रु भने सायदै थियो । जीवनभर अनेक आलोचना, गाली खेपे, प्रहरीले पिछा गरे र देश निकालाले बारम्बार पछ्याए, गरिबी र पीडाको बोझ उठाए । पारिवारिक दुःखको क्रूरतम रूप झेले । त्यसैले आज मार्क्स व्यक्ति हैन जनताको संस्था बन्न पुगेको छ । सर्वहारावर्गका गुरु बन्न पुगेका छन् । त्यसैले त ‘संसारका मजदुर एक होऔँ’ लाई संसारभरका अनगिन्ती शोषितपीडित जनताले पछ्याइरहेका छन् ।

एकजना उग्र बुर्जुवा एडवार्ड स्पेन्सर विस्लीले समेत मार्क्सको मृत्युमा शोक व्यक्त गर्दै लेखेका थिए– ‘उनी उल्लेखनीय व्यक्ति थिए । उनको विचारसँग सहमत नभए पनि उनको सदिच्छाको उच्च मूल्याङ्कन गर्दै उनीप्रति सम्मान र आदर व्यक्त गर्छु ।’

गएको हजार वर्षमा दोस्रो सहस्राब्दीमा महामानको सूचीमा युगान्तकारी र प्रभावशाली मानव थिए– मार्क्स । सारा संसारमा मार्क्सको जति विचारले त अरू कुनै विचारले प्रभावित पार्न सकेको छैन । पुँजीवादी र साम्राज्यवादी सञ्चारमाध्यम बीबीसीले समेत मार्क्सलाई नै गत सहस्राब्दीको सबभन्दा महान चिन्तक ठहर्याएका छन् ।

शब्दचित्रमामार्क्स

१८१८ मा जर्मनको ट्रियन नगरमा जन्म ।

१८३० मा ट्रियसको एउटा विद्यालयमा अध्ययनका लागि भर्ना । दर्शन र इतिहास पढे ।

१८३५ मा स्कुल तहको परीक्षा उत्तीर्ण । १८२६ मा बर्लिन बीबीमा कानुन विषय अध्ययन गर्न प्रवेश ।

१८३८ मा पिता हेनरिख मार्क्सको निधन ।

१८४३ मा मार्क्स र जेनीको विवाह ।

१८३९ देखि दर्शन र इतिहासका विभिन्न मत मतान्तर र घटनाक्रमको गहन अध्ययनमा जुटे ।

सन् १८४१ मा ‘प्रकृतिका सम्बन्धमा डेमोक्रेट्स र एपिक्युरसका दर्शनमा अन्तर’ विषयमा थेसिस लेखी डाक्टरी उपाधि प्राप्त ।

१८४२ मा ‘राइनिस जाइतुङ’ नामक पत्रिका प्रकाशन सुरु ।

१८४३ मा राइनिस जाइतुङ बन्द । हेगेलवादीसँग मतभेद बढेर गएको । राइन प्रान्तको सानो सटर क्रेजनाचमा गएर अक्टुबरको अन्त्यदेखि पली जेनीसँग फ्रान्सको पेरिसमा बसोबास ।

१८४४ मा पहिलो सन्तान जेनीको जन्म । आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू लेखियो । मार्क्स एङ्गेल्सको ऐतिहासिक भेट आजीवन मित्रतामा परिवर्तन ।

१८४५ मा लौराको जन्म । मार्क्स एङ्गेल्स संयुक्तरूपमा इङ्गल्यान्ड यात्रामा निस्के । कम्युनिस्ट घोषणापत्र निर्माण गरे ।

मार्क्सकोकविता

जीवन लक्ष्य

समस्याहरू देखेर रुने जीवन, मेरा लागि होइन

होइन, मेरो आँधीजस्तो मनलाई यो स्वीकार्य छैन

मलाई त एउटा महान र अग्लो लक्ष्य चाहिन्छ

र त्यसको लागि आजीवन सङ्घर्षको अटुट सिलसिला चाहिन्छ ।

ए कला ¤ तँ खोल

मानवताको नासो

आÇनो अमूल्य भण्डारको ढोका मेरा लागि खोल

आÇनो ज्ञान र संवेगहरूको आलिङ्गनमा

सम्पूर्ण विश्वलाई बेर्दछु म ¤

आऊ,

हामी कसैले नहिँडेको र कठिन सुदूर यात्रा गरौँ

आऊ किनभने लाजमर्दो, उद्देश्यहीन र लक्ष्यहीन जीवन

हामीलाई स्वीकार्य छैन ।

हामी उल्टै उत्पीडन र लाचारीमा बाँच्दैनौँ

हामी आकाङ्क्षा, आक्रोश, आवेग र गर्वसाथ बाँच्दछौँ

साँच्चैको मानिस भएर बाँच्दछौँ ।

मार्क्सकाप्रमुखकृतिहरू

डेमोक्रेट्स र इपिक्युरिसका प्राकृतिकवादी दर्शनबीचका भिन्नताहरू (१८४१), राइनिस जाइतुङका सम्पादकीय रचनाहरू,  हेगेलका न्याय दर्शनको आलोचनामा योगदान, आर्थिक दार्शनिक पाण्डुलिपि, पवित्र परिवार, फायरवाखमाथि शोध प्रबन्ध, जर्मन विचारधारा, दर्शनको दरिद्रता, ज्याला, नाफा र पुँजी, कम्युनिस्ट घोषणापत्र, लुई बोनापार्टको १८औँ ब्रुमेयर, कालापानीका महान् पुरुषहरू, जर्मन कम्युनिस्ट पार्टीका मागहरू, राजनीतिक अर्थशास्त्रको समीक्षामा योगदान, अतिरिक्त मूल्य सिद्धान्त, पुँजी, गोथा कार्यक्रमको आलोचना, फ्रान्समा गृहयुद्ध आदि हुन् ।

मार्क्सकोलोकप्रियता

बीबीसीले गत सहस्राब्दीको अन्त्यमा गरेको सर्वेक्षणमा मार्क्सलाई ‘सर्वोत्कृष्ट दर्शनशास्त्री’ ठहर्याएको छ । उक्त सर्वेक्षणमा मार्क्सले कूल खसेको २९ हजार ६ सय ५१ मतको २७.९३ प्रतिशत प्राप्त गरेका थिए ।

कुनै समयमा मार्क्सको विचारधाराले एक तिहाइ विश्वलाई शासन गरेको थियो ।

नयाँ शताब्दीको सुरुसुरुमा गरिएको सर्वेक्षणमा पनि मार्क्सकै पक्षमा बढी मत परेको थियो ।

सन् १००० देखि २००० का बीचमा जन्मिएका संसारका महान् पुरुषमध्ये मार्क्स ‘सहस्राब्दी पुरुष’ हुन् ।

मार्क्सलेजेनीकानाममालेखेकोचर्चितकविता

जेनी जिस्किएर तिमी मसित सोध्न सक्छौ

किन मेरो गीतमा ‘जेनी’लाई सम्बोधन गरिएको हुन्छ ?

जब एकान्तमा तिमीलाई म सम्झन्छु, मनको ढुकढुकी बढ्न थाल्छ

जब एकान्तमा तिम्रो गीत म गाउँछु, मेरो दिल हतास बन्छ

किनकि मात्र तिम्रो प्रेमले मेरो हृदयलाई उत्तेजित पार्न सक्छ

जब तिम्रो नाम प्रत्येक शब्दमा आउँछ, स्वीकार्नै पर्छ

जब तिम्रो नाम लिपिबद्ध हुन्छ, सङ्गीतमय बन्छ

जब देवीबाट बहकिन अभिप्रेरित हुन्छ, ढुकढुकी बन्द हुन्छ

यसकारण कि तिम्रो नाउँमा मिठास छ, माधूर्य छ

र, यसको उच्चारण मेरा निम्ति धुनमय छ

र यसको प्रतिध्वनिमा पूर्ण सन्तुलित छ, गुञ्जायमान छ ।

जस्तो कि आत्मा टाढैबाट काम्न थाल्छ ।

हेर्दै जानु, म हजारौँ ग्रन्थ भर्छु

मात्र प्रत्येक पङ्क्तिमा ‘जेनी’ राखेर ।

आज पनि तिनीहरू संसारलाई लुकाउन सक्छन्

शाश्वत कुरालाई, इच्छालाई दबाउन सक्छन्

मिठासको विरुद्ध जान लालायित बन्न सक्छन्

सबै प्रकारका दीप्त, सबै प्रकारको चमकदमक

दुःख र पीडाको सन्ताप र दिव्य उल्लास

सबै प्रकारको जिन्दगी र आफैमा निहित ज्ञान

म यसलाई पढ्न सक्छु, टाढाको ताराको पङ्क्ति जतिकै

यसरी मन्द हावा फर्केर मतिर आइरहेको छ

जसरी मेघ गर्जंदै हावाको जङ्गली झोँका बग्दैछ

साँच्चै यसलाई मैले गीतको स्थायी अन्तराका रूपमा लेख्ने गरेको छु

ताकि आउँदो शताब्दीले देखोस्

प्रेम नै जेनी हुन्, जेनी नै प्रेमको अर्को नाउँ हो ।

(स्रोत : संसार हल्लाउनेहरु, मूल्याङ्कन लगायत विभिन्न पत्र पत्रिका ।)

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...