सेयर बजारमा १६.७१ अंकको गिरावट
आइतबार, २२ वैशाख २०७६, १६ : ३०
काठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारमा १६.७१ अंकको गिरावट आउँदा ६५ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा १७५ कमपनी आएका थिए । आज उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन २०.८ अंकले बढेको छ भने अन्य समुहमा १.१२ अंकको बढोत्तरी छ ।
सबैभन्दा बढी जिवन बिमा १२७.०२ अंकले घटेको छ भने जलविद्युत समुहतर्फ ५३.८८ अंकको गिरावट छ । लघुवित्त समुह २५.८७ अंकले घटेको छ भने नीर्जिवन बिमा तर्फ २४.७३ अंकको गिरावट छ । बाणिज्य बैंक, होटल, विकास बैक, फाइनान्स समुह घटेको छ ।
बजार घट्दा पनि सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको भएको छ । नेपाल बैकको ६ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि प्रभु बैंक र शिवम सिमेन्टको कारोबार बढी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना